३८) त्यसै बेला जकरीयाले आफ्नो पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ ।
३९) उनी कोठामा उभिई नमाज पढिराखेका थिए कि यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिसमध्ये हुनेछ ।
४०) जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।
४१) (जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर (जपगर) ।
४४) यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।
४५) जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ ।