१५१) हामीले छिट्टै काफिरहरूको हृदयमा तिम्रो भयको सृजना गरिदिनेछौं, किनभने तिनीहरूले अल्लाहसित अरुहरूको साझेदारी ठहराउँछन्, जसको कि अल्लाहले कुनै प्रमाण पठाएको छैन र तिनको आश्रय नर्क हुनेछ । र त्यो अत्याचारीहरूको लागि सबैभन्दा नराम्रो बासस्थान हो ।
१५२) अल्लाहले आफ्नो वचन पूरा गरेर देखाइहाल्यो, जब तिमीले उसको आदेशले काफिरहरूलाई मरिराखेका थियौ, यहाँसम्म कि जब तिमीले आफ्नो साहस गुमाउन लागेका थियौ र काममा झगडा गर्न थाल्यौ र उसको आदेशको अवज्ञा गर्यौ, यस पश्चात पनि कि तिमीले चाहेको चीज उसले तिमीलाई देखाइदियो । तिमीहरूमध्ये केही त सांसारिक लाभ प्राप्तिको इच्छा गरिराखेका थिए र केही परलोकको आकांक्षा राख्दथे । फेरि अल्लाहले तिमीलाई तिनीहरूकोसँगबाट फर्काइहाल्यो ताकि तिम्रो परीक्षा गरोस् र निःसंदेह उसले तिम्रो सम्पूर्ण त्रुटिहरूलाई क्षमा गरिदियो र अल्लाह आस्थावानहरूमाथि धेरै दया गर्दछ ।
१५३) जब तिमीहरू टाढा भाग्दै थियौ र कसैको वास्ता गरिराखेका थिएनौ र अल्लाहका रसूलले तिमीलाई तिम्रो पछाडिबाट आवाज दिइरहनु भएको थियो । तिमीमाथि एक कष्ट पछि अर्को दुःख पुग्यो ताकि जुन कुरो तिम्रो हातबाट हराउँदै थियो त्यसबाट दुःखी नहोऊ र नपुगेको कष्टको लागि उदास नहोऊ । अल्लाह सबै क्रियाकलापको जानकारी राख्दछ ।