१६६) तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।
१६७) साथै मुनाफिकहरूलाई छुट्याउनको निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्नथाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।
१६८) यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।
१७०) अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।
१७३) (जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।