४७) मरियमले भनिन् हे पालनहारः मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि कुनै मनुष्यले मलाई स्पर्शसम्म पनि गरेको छैन । फरिश्ताले भने कि, अल्लाहले यस्तै जे चाहन्छ पैदा गर्दछ । जब त्यसले कुनै काम गर्न चाहन्छ त त्यसको हुकुम गर्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
४९) र ऊ बनी इस्राईलतिर पैगम्बर भएर जानेछ । (भन्नेछ) कि म तिमीहरू छेउ तिम्रो पालनहारको तर्फबाट निशानी लिएर आएको छु । त्यो के भने तिम्रो अगाडि माटोको पंक्षीको रूपको आकार बनाउँछु । फेरि त्यसमा फुक्छु त त्यो अल्लाहको आदेशले (साँच्चै) पंक्षी भइहाल्छ । र अल्लाहको आदेशले म जन्मैदेखिको अन्धो र महारोगीलाई स्वस्थ्य पारिदिन्छु र मुर्दामा प्राण हालिदिन्छु र जे जति तिमी खान्छौ र जेजति आफ्ना घरहरूमा थुपारेर राखेका छौ, सबै तिमीलाई बताइदिन्छु । यदि तिमी ईमान ल्याएको भए यी कुराहरूमा तिम्रो निम्ति अल्लाहको सामथ्र्यको निशानी छ ।
५०) र म त्यसलाई पुष्टि गर्दछु जुन मेरो अगाडि तौरात छ र यस कारणले पनि म आएको छु कि केही कुराहरू जुन कि तिम्रो निम्ति वर्जित थिए, तिनलाई वैध (हलाल) बनाइदिऊँ र म त तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि निशानी लिएर आएको छु । यसर्थ तिमी अल्लाहसित डर मान र मैले भनेको मान ।
५२) तर जब ईसाले उनीहरूको अनास्था सूचक नियतको (कुफ्रको) अनुभव गर्नुभयो त भन्नथाले कि अल्लाहको मार्गमा मेरो सहायता गर्ने को–को छन् ? हवारीहरूले जवाफ दिए कि हामी अल्लाहको मार्गको पक्षधर हौं । हामी अल्लाहमाथि आस्था राख्यौं र तपाई साक्षी हुनु कि हामी आदेश पालना गर्नेवाला हौ ।