१४२) के तिमीले यो ठानिसकेका छौ कि (बिना परीक्षा) तिमीहरू स्वर्गमा प्रवेश पाउने छौ, यद्यपि अहिलेसम्म अल्लाहले यो स्पष्ट गरेको छैन कि तिमीहरूमध्येका जिहादी को हुन् र संतोष गर्नेहरू को हुन् ?
१४४) मुहम्मद (सल्ललाहु अलैहे वसल्लम) त मात्र अल्लाहका रसूल हुन् । उनीभन्दा पहिला पनि धेरै रसूलहरू गुज्री सकेका छन् । यदि उनको मृत्यु हुन्छ अथवा उनी शहीद भइहाले भने के तिमी इस्लामबाट तत्काल फर्किहाल्छौ ? र यदि जो कोही विचलित भइहाल्छ भने त्यसले अल्लाहको केही बिगार्न सक्तैन र अल्लाहले कृतज्ञहरूलाई छिट्टै राम्रो प्रतिफल प्रदान गर्नेछ ।
१४५) अल्लाहको अनुमति बिना कुनै जीवित मर्दैन, सबैको समयावधि निर्धारित गरिएको छ र जुन व्यक्ति संसारमा फल चाहन्छ, त्यसलाई हामीले दुनिया मै केही फल दिन्छौ र जो आखिरतमा फल प्राप्तिको इच्छुक छ, उसलाई हामीले त्यो पनि दिनेछौं र कृतज्ञहरूलाई हामीले राम्रो प्रतिफल प्रदान गर्नेछौं ।
१४६) धेरै नबीहरूका सहयात्री भएर अल्लाहका धेरै उपासकहरू अल्लाहका शत्रुहरूसित युद्ध गरेका छन् । तिनीहरूलाई पनि अल्लाहको मार्गमा दुःख पर्यो, तर त्यसबाट तिनीहरूले कहिल्यै न त साहस गुमाए, न अल्छी भए र न त शत्रुबाट हार माने । अल्लाह सहनशीलहरूलाई नै चाहन्छ ।
१४७) (यस्तो अवस्थामा पनि) तिनीहरूले यो भन्दै गरे कि हे पालनहारः हाम्रा पापहरू माफ गरिदेऊ र हाम्रा काममा भएका भूलहरू क्षमा गरिदेऊ र हामीलाई दृढ र अटल राख र काफिरहरूमाथि विजय प्राप्त गर्न हाम्रो सहायता गर ।