८४) हे मुहम्मद ! तपाई भनिदिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।
८६) अल्लाहले त्यस्ता मानिसहरूलाई कसरी मार्गदर्शन गर्दछ जो आफूले ईमान ल्याएको, र रसूलको सच्चाईको गवाही दिएको र आफूसंग स्पष्ट प्रमाण आइसकेपछि पनि काफिर भइदिन्छन् । अल्लाहले यस्ता अन्यायीहरूलाई मार्गदर्शन गर्दैन ।
९०) निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि कुफ्र गरे, अनि (कुफ्र) अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् ।
९१) हाँ जुन मानिसहरू ‘‘काफिर’’ भए र ‘‘कुफ्रकै’’ अवस्थामा मरिहाले, तिनीहरूमध्ये यदि कसैले मुक्तिको लागि जमिन भरिको सुनै दिए पनि कहिल्यै स्वीकार गरिने छैन । यिनीहरू नै हुन् जसको लागि कष्टदायक सजाय हुनेछ र तिनको कोही सहायता गर्ने छैन ।