७२) र अहले किताबको एउटा समूहले एक अर्कासित भन्यो कि जुन पुस्तक मोमिनहरूहरूमाथि उतारिएको छ, त्यसमाथि दिनको प्रारम्भमा विश्वास गर्दैगर र साँझपर्दा इन्कार गर्दैगर, जसलेगर्दा तिनीहरू पनि (इस्लामबाट) विमुख भइहालुन् ।
७३) र आफ्नो धर्मका अनुयायीहरू बाहेक अरु कसैको विश्वास नगर्नु । हे पैगम्बर ! भनिदिनुस् कि पथप्रदर्शन त निःसंदेह अल्लाहको पथप्रदर्शन नै हो । तिनीहरू यो पनि भन्दछन् कि यस कुरामा पनि विश्वास नगर्नु कि जुन कुरो तिमीलाई प्रदान गरिएको हो, त्यस्तो अरु कसैलाई प्रदान गरिन्छ । वा तिनीहरूले तिमीसँग अल्लाहको अगाडि झगडा गर्नेछन् । यो पनि भनिदिनुस् ! कि बुजुर्गि (अनुग्रह) त अल्लाहको हातमा छ । उसले जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह सर्वव्यापी (र) सर्वज्ञ छ ।
७५) ‘‘अहले किताब’’ मध्ये केही त यस्ता छन् कि यदि तिमीले उनलाई प्रशस्त धनराशी नासो स्वरूपमा राख्न दिन्छौ भने उनले तिमीलाई त्यो फिर्ता गरिदिन्छन् र केही यस्ता छन् कि उनीलाई एक दिनार पनि नासो राख्न दिन्छौ भने फिर्ता गर्दैनन् जबसम्म तिमीले उनको टाउकोमै बसी फिर्ता गर्न आग्रह गर्दैनौ । यो यसकारणले कि तिनीहरूले भन्दछन् कि अनपढ़हरूको सम्बन्धमा हाम्रो कुनै सोधपूछ हुनेछैन । यिनीहरूले जान्दा जान्दै अल्लाहको (विरोधमा) झूठो कुरा गर्दछन् ।
७७) निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको आफ्नो प्रतिज्ञा र शपथ सस्तो मोलमा बेच्दछन् त्यस्ताको लागि अन्तिम दिनमा कुनै भाग हुँदैन । अल्लाह तिनीहरूसित न त कुरो गर्नेछ न त कियामतको दिन तिनीहरूतिर हेर्नेछ र न त तिनलाई पवित्र पार्नेछ र तिनलाई कष्टदायक सजाय हुनेछ ।