ترجمة معاني القرآن الكريم - الترجمة النيبالية - جمعية أهل الحديث

رقم الصفحة:close

external-link copy
122 : 3

اِذْ هَمَّتْ طَّآىِٕفَتٰنِ مِنْكُمْ اَنْ تَفْشَلَا ۙ— وَاللّٰهُ وَلِیُّهُمَا ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟

१२२) जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ । info
التفاسير:

external-link copy
123 : 3

وَلَقَدْ نَصَرَكُمُ اللّٰهُ بِبَدْرٍ وَّاَنْتُمْ اَذِلَّةٌ ۚ— فَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟

१२३) अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक । info
التفاسير:

external-link copy
124 : 3

اِذْ تَقُوْلُ لِلْمُؤْمِنِیْنَ اَلَنْ یَّكْفِیَكُمْ اَنْ یُّمِدَّكُمْ رَبُّكُمْ بِثَلٰثَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُنْزَلِیْنَ ۟ؕ

१२४) जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो, कि के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो । info
التفاسير:

external-link copy
125 : 3

بَلٰۤی ۙ— اِنْ تَصْبِرُوْا وَتَتَّقُوْا وَیَاْتُوْكُمْ مِّنْ فَوْرِهِمْ هٰذَا یُمْدِدْكُمْ رَبُّكُمْ بِخَمْسَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُسَوِّمِیْنَ ۟

१२५) हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले (प्रतिपालकले) पाँच हजार दूतहरू (फरिश्ताहरू), जिनमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ । info
التفاسير:

external-link copy
126 : 3

وَمَا جَعَلَهُ اللّٰهُ اِلَّا بُشْرٰی لَكُمْ وَلِتَطْمَىِٕنَّ قُلُوْبُكُمْ بِهٖ ؕ— وَمَا النَّصْرُ اِلَّا مِنْ عِنْدِ اللّٰهِ الْعَزِیْزِ الْحَكِیْمِ ۟ۙ

१२६) र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ । info
التفاسير:

external-link copy
127 : 3

لِیَقْطَعَ طَرَفًا مِّنَ الَّذِیْنَ كَفَرُوْۤا اَوْ یَكْبِتَهُمْ فَیَنْقَلِبُوْا خَآىِٕبِیْنَ ۟

१२७) (यस कारणले त्यो मद्दत गर्यो कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् । info
التفاسير:

external-link copy
128 : 3

لَیْسَ لَكَ مِنَ الْاَمْرِ شَیْءٌ اَوْ یَتُوْبَ عَلَیْهِمْ اَوْ یُعَذِّبَهُمْ فَاِنَّهُمْ ظٰلِمُوْنَ ۟

१२८) हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् । info
التفاسير:

external-link copy
129 : 3

وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— یَغْفِرُ لِمَنْ یَّشَآءُ وَیُعَذِّبُ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟۠

१२९) आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहकै हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ, र अल्लाह क्षमादाता र दयावान छ । info
التفاسير:

external-link copy
130 : 3

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَاْكُلُوا الرِّبٰۤوا اَضْعَافًا مُّضٰعَفَةً ۪— وَّاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟ۚ

१३०) हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि तिमी मुक्ति प्राप्त गर्नसकौ । info
التفاسير:

external-link copy
131 : 3

وَاتَّقُوا النَّارَ الَّتِیْۤ اُعِدَّتْ لِلْكٰفِرِیْنَ ۟ۚ

१३१) र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ । info
التفاسير:

external-link copy
132 : 3

وَاَطِیْعُوا اللّٰهَ وَالرَّسُوْلَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟ۚ

१३२) अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् । info
التفاسير: