क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

पृष्ठ संख्या:close

external-link copy
38 : 3

هُنَالِكَ دَعَا زَكَرِیَّا رَبَّهٗ ۚ— قَالَ رَبِّ هَبْ لِیْ مِنْ لَّدُنْكَ ذُرِّیَّةً طَیِّبَةً ۚ— اِنَّكَ سَمِیْعُ الدُّعَآءِ ۟

३८) त्यसै बेला जकरीयाले आफ्नो पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ । info
التفاسير:

external-link copy
39 : 3

فَنَادَتْهُ الْمَلٰٓىِٕكَةُ وَهُوَ قَآىِٕمٌ یُّصَلِّیْ فِی الْمِحْرَابِ ۙ— اَنَّ اللّٰهَ یُبَشِّرُكَ بِیَحْیٰی مُصَدِّقًا بِكَلِمَةٍ مِّنَ اللّٰهِ وَسَیِّدًا وَّحَصُوْرًا وَّنَبِیًّا مِّنَ الصّٰلِحِیْنَ ۟

३९) उनी कोठामा उभिई नमाज पढिराखेका थिए कि यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिसमध्ये हुनेछ । info
التفاسير:

external-link copy
40 : 3

قَالَ رَبِّ اَنّٰی یَكُوْنُ لِیْ غُلٰمٌ وَّقَدْ بَلَغَنِیَ الْكِبَرُ وَامْرَاَتِیْ عَاقِرٌ ؕ— قَالَ كَذٰلِكَ اللّٰهُ یَفْعَلُ مَا یَشَآءُ ۟

४०) जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ । info
التفاسير:

external-link copy
41 : 3

قَالَ رَبِّ اجْعَلْ لِّیْۤ اٰیَةً ؕ— قَالَ اٰیَتُكَ اَلَّا تُكَلِّمَ النَّاسَ ثَلٰثَةَ اَیَّامٍ اِلَّا رَمْزًا ؕ— وَاذْكُرْ رَّبَّكَ كَثِیْرًا وَّسَبِّحْ بِالْعَشِیِّ وَالْاِبْكَارِ ۟۠

४१) (जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर (जपगर) । info
التفاسير:

external-link copy
42 : 3

وَاِذْ قَالَتِ الْمَلٰٓىِٕكَةُ یٰمَرْیَمُ اِنَّ اللّٰهَ اصْطَفٰىكِ وَطَهَّرَكِ وَاصْطَفٰىكِ عَلٰی نِسَآءِ الْعٰلَمِیْنَ ۟

४२) र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारकी सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ । info
التفاسير:

external-link copy
43 : 3

یٰمَرْیَمُ اقْنُتِیْ لِرَبِّكِ وَاسْجُدِیْ وَارْكَعِیْ مَعَ الرّٰكِعِیْنَ ۟

४३) हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु । info
التفاسير:

external-link copy
44 : 3

ذٰلِكَ مِنْ اَنْۢبَآءِ الْغَیْبِ نُوْحِیْهِ اِلَیْكَ ؕ— وَمَا كُنْتَ لَدَیْهِمْ اِذْ یُلْقُوْنَ اَقْلَامَهُمْ اَیُّهُمْ یَكْفُلُ مَرْیَمَ ۪— وَمَا كُنْتَ لَدَیْهِمْ اِذْ یَخْتَصِمُوْنَ ۟

४४) यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए । info
التفاسير:

external-link copy
45 : 3

اِذْ قَالَتِ الْمَلٰٓىِٕكَةُ یٰمَرْیَمُ اِنَّ اللّٰهَ یُبَشِّرُكِ بِكَلِمَةٍ مِّنْهُ ۙۗ— اسْمُهُ الْمَسِیْحُ عِیْسَی ابْنُ مَرْیَمَ وَجِیْهًا فِی الدُّنْیَا وَالْاٰخِرَةِ وَمِنَ الْمُقَرَّبِیْنَ ۟ۙ

४५) जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ । info
التفاسير: