വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
36 : 27

فَلَمَّا جَآءَ سُلَیْمٰنَ قَالَ اَتُمِدُّوْنَنِ بِمَالٍ ؗ— فَمَاۤ اٰتٰىنِ اللّٰهُ خَیْرٌ مِّمَّاۤ اٰتٰىكُمْ ۚ— بَلْ اَنْتُمْ بِهَدِیَّتِكُمْ تَفْرَحُوْنَ ۟

३६) जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख । info
التفاسير:

external-link copy
37 : 27

اِرْجِعْ اِلَیْهِمْ فَلَنَاْتِیَنَّهُمْ بِجُنُوْدٍ لَّا قِبَلَ لَهُمْ بِهَا وَلَنُخْرِجَنَّهُمْ مِّنْهَاۤ اَذِلَّةً وَّهُمْ صٰغِرُوْنَ ۟

३७) तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् । info
التفاسير:

external-link copy
38 : 27

قَالَ یٰۤاَیُّهَا الْمَلَؤُا اَیُّكُمْ یَاْتِیْنِیْ بِعَرْشِهَا قَبْلَ اَنْ یَّاْتُوْنِیْ مُسْلِمِیْنَ ۟

३८) (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् । info
التفاسير:

external-link copy
39 : 27

قَالَ عِفْرِیْتٌ مِّنَ الْجِنِّ اَنَا اٰتِیْكَ بِهٖ قَبْلَ اَنْ تَقُوْمَ مِنْ مَّقَامِكَ ۚ— وَاِنِّیْ عَلَیْهِ لَقَوِیٌّ اَمِیْنٌ ۟

३९) जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ । info
التفاسير:

external-link copy
40 : 27

قَالَ الَّذِیْ عِنْدَهٗ عِلْمٌ مِّنَ الْكِتٰبِ اَنَا اٰتِیْكَ بِهٖ قَبْلَ اَنْ یَّرْتَدَّ اِلَیْكَ طَرْفُكَ ؕ— فَلَمَّا رَاٰهُ مُسْتَقِرًّا عِنْدَهٗ قَالَ هٰذَا مِنْ فَضْلِ رَبِّیْ ۫— لِیَبْلُوَنِیْۤ ءَاَشْكُرُ اَمْ اَكْفُرُ ؕ— وَمَنْ شَكَرَ فَاِنَّمَا یَشْكُرُ لِنَفْسِهٖ ۚ— وَمَنْ كَفَرَ فَاِنَّ رَبِّیْ غَنِیٌّ كَرِیْمٌ ۟

४०) एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ । info
التفاسير:

external-link copy
41 : 27

قَالَ نَكِّرُوْا لَهَا عَرْشَهَا نَنْظُرْ اَتَهْتَدِیْۤ اَمْ تَكُوْنُ مِنَ الَّذِیْنَ لَا یَهْتَدُوْنَ ۟

४१) (सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे । info
التفاسير:

external-link copy
42 : 27

فَلَمَّا جَآءَتْ قِیْلَ اَهٰكَذَا عَرْشُكِ ؕ— قَالَتْ كَاَنَّهٗ هُوَ ۚ— وَاُوْتِیْنَا الْعِلْمَ مِنْ قَبْلِهَا وَكُنَّا مُسْلِمِیْنَ ۟

४२) अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यही जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ । info
التفاسير:

external-link copy
43 : 27

وَصَدَّهَا مَا كَانَتْ تَّعْبُدُ مِنْ دُوْنِ اللّٰهِ ؕ— اِنَّهَا كَانَتْ مِنْ قَوْمٍ كٰفِرِیْنَ ۟

४३) र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई । info
التفاسير:

external-link copy
44 : 27

قِیْلَ لَهَا ادْخُلِی الصَّرْحَ ۚ— فَلَمَّا رَاَتْهُ حَسِبَتْهُ لُجَّةً وَّكَشَفَتْ عَنْ سَاقَیْهَا ؕ— قَالَ اِنَّهٗ صَرْحٌ مُّمَرَّدٌ مِّنْ قَوَارِیْرَ ؕ۬— قَالَتْ رَبِّ اِنِّیْ ظَلَمْتُ نَفْسِیْ وَاَسْلَمْتُ مَعَ سُلَیْمٰنَ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟۠

४४) अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो । info
التفاسير: