വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
23 : 27

اِنِّیْ وَجَدْتُّ امْرَاَةً تَمْلِكُهُمْ وَاُوْتِیَتْ مِنْ كُلِّ شَیْءٍ وَّلَهَا عَرْشٌ عَظِیْمٌ ۟

२३) मैले एउटी यस्ती स्त्रीलाई देखें जो मानिसहरूमाथि शासन गर्छे । र उसलाई हरेक कुराबाट केही नकेही प्राप्त छ र उसको सिंहासन पनि बडो गरिमामय छ । info
التفاسير:

external-link copy
24 : 27

وَجَدْتُّهَا وَقَوْمَهَا یَسْجُدُوْنَ لِلشَّمْسِ مِنْ دُوْنِ اللّٰهِ وَزَیَّنَ لَهُمُ الشَّیْطٰنُ اَعْمَالَهُمْ فَصَدَّهُمْ عَنِ السَّبِیْلِ فَهُمْ لَا یَهْتَدُوْنَ ۟ۙ

२४) मैले देखेको छु, कि उसले र उसको जातिबन्धुहरूले अल्लाहलाई छाडि सूर्यलाई ढोग्ने गर्दछन्, र शैतानले उनीहरूका कर्महरूलाई उनीहरूको लागि राम्रो बनाइदिएको छ र उनीहरूलाई सत्य मार्गबाट विचलित गरिराखेको छ । अतः उनीहरू सीधा मार्ग पाइराखेका छैनन् । info
التفاسير:

external-link copy
25 : 27

اَلَّا یَسْجُدُوْا لِلّٰهِ الَّذِیْ یُخْرِجُ الْخَبْءَ فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَیَعْلَمُ مَا تُخْفُوْنَ وَمَا تُعْلِنُوْنَ ۟

२५) कि अल्लाहलाई नै ढोग्ने गरुन् जो अकाशहरू र धरतीमा लुकेका कुराहरूलाई प्रकट गर्दछ र तिम्रो अदृश्य र प्रकट कर्महरू जान्दछ । info
التفاسير:

external-link copy
26 : 27

اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ رَبُّ الْعَرْشِ الْعَظِیْمِ ۟

२६) अल्लाह बाहेक कोही पूजा योग्य छैन, उही नै सर्वोच्च सत्तासन (अर्श) को स्वामी हो । info
التفاسير:

external-link copy
27 : 27

قَالَ سَنَنْظُرُ اَصَدَقْتَ اَمْ كُنْتَ مِنَ الْكٰذِبِیْنَ ۟

२७) सुलैमानले भनेः अब हामी हेर्नेछौं कि तिमीले साँचो भनेका छौ वा तिमी झूठा हौ । info
التفاسير:

external-link copy
28 : 27

اِذْهَبْ بِّكِتٰبِیْ هٰذَا فَاَلْقِهْ اِلَیْهِمْ ثُمَّ تَوَلَّ عَنْهُمْ فَانْظُرْ مَاذَا یَرْجِعُوْنَ ۟

२८) मेरो यो पत्र लिएर जाऊ र यसलाई उनीहरूको अगाडि प्रस्तुत गरिदेऊ अनि उनीहरूबाट अलग भएर हेर, कि उनीहरूले के जवाफ (प्रतिक्रिया) दिन्छन् । info
التفاسير:

external-link copy
29 : 27

قَالَتْ یٰۤاَیُّهَا الْمَلَؤُا اِنِّیْۤ اُلْقِیَ اِلَیَّ كِتٰبٌ كَرِیْمٌ ۟

२९) उसले (रानीले) भनिन् कि हे दरबारबारीहरू ! मलाई एउटा प्रतिष्ठित पत्र पठाइएको छ । info
التفاسير:

external-link copy
30 : 27

اِنَّهٗ مِنْ سُلَیْمٰنَ وَاِنَّهٗ بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۟ۙ

३०) त्यो सुलैमानको तर्फबाट आएको छ र त्यो क्षमा दिने अल्लाहको नामबाट शुरु हुन्छ जो बडो कृपाशील तथा अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
31 : 27

اَلَّا تَعْلُوْا عَلَیَّ وَاْتُوْنِیْ مُسْلِمِیْنَ ۟۠

३१) कि मसित अट्टेरिपना नगर र आज्ञाकारी बनी मेरो पासमा आऊ । info
التفاسير:

external-link copy
32 : 27

قَالَتْ یٰۤاَیُّهَا الْمَلَؤُا اَفْتُوْنِیْ فِیْۤ اَمْرِیْ ۚ— مَا كُنْتُ قَاطِعَةً اَمْرًا حَتّٰی تَشْهَدُوْنِ ۟

३२) उसले भनी कि हे सरदारहरू ! मेरो कुराहरूमा मलाई परामर्श देऊ । म कुनै कुराको निर्णय गर्दिन जबसम्म तिमीहरूको सल्लाह र उपस्थिति हुँदैन । info
التفاسير:

external-link copy
33 : 27

قَالُوْا نَحْنُ اُولُوْا قُوَّةٍ وَّاُولُوْا بَاْسٍ شَدِیْدٍ ۙ۬— وَّالْاَمْرُ اِلَیْكِ فَانْظُرِیْ مَاذَا تَاْمُرِیْنَ ۟

३३) उनीहरू सबैले भनेः कि हामी सक्षम र शक्तिशाली छौं र हामीलाई ठूलो युद्धक्षमता प्राप्त छ । आदेश दिनु तपाईको अधिकारमा छ, अतः तपाईले विचार गर्नुस् कि तपाईले के आदेश दिनुहुनेछ । info
التفاسير:

external-link copy
34 : 27

قَالَتْ اِنَّ الْمُلُوْكَ اِذَا دَخَلُوْا قَرْیَةً اَفْسَدُوْهَا وَجَعَلُوْۤا اَعِزَّةَ اَهْلِهَاۤ اَذِلَّةً ۚ— وَكَذٰلِكَ یَفْعَلُوْنَ ۟

३४) उसले भनी कि सम्राट जब कुनै बस्तीमा प्रवेश गर्दछन् तब त्यसलाई नष्ट गरिदिन्छन् र त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई अपमानित गरेर छाड्छन् । र यिनीहरूले पनि यस्तै नै गर्नेछन् । info
التفاسير:

external-link copy
35 : 27

وَاِنِّیْ مُرْسِلَةٌ اِلَیْهِمْ بِهَدِیَّةٍ فَنٰظِرَةٌ بِمَ یَرْجِعُ الْمُرْسَلُوْنَ ۟

३५) मैले उनीहरूतिर एउटा उपहार पठाउँदैछु, अनि हेर्नेछु कि दूतले के उत्तर लिएर फर्कन्छ । info
التفاسير: