വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
45 : 27

وَلَقَدْ اَرْسَلْنَاۤ اِلٰی ثَمُوْدَ اَخَاهُمْ صٰلِحًا اَنِ اعْبُدُوا اللّٰهَ فَاِذَا هُمْ فَرِیْقٰنِ یَخْتَصِمُوْنَ ۟

४५) र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले । info
التفاسير:

external-link copy
46 : 27

قَالَ یٰقَوْمِ لِمَ تَسْتَعْجِلُوْنَ بِالسَّیِّئَةِ قَبْلَ الْحَسَنَةِ ۚ— لَوْلَا تَسْتَغْفِرُوْنَ اللّٰهَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟

४६) (सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माँग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् । info
التفاسير:

external-link copy
47 : 27

قَالُوا اطَّیَّرْنَا بِكَ وَبِمَنْ مَّعَكَ ؕ— قَالَ طٰٓىِٕرُكُمْ عِنْدَ اللّٰهِ بَلْ اَنْتُمْ قَوْمٌ تُفْتَنُوْنَ ۟

४७) उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ । info
التفاسير:

external-link copy
48 : 27

وَكَانَ فِی الْمَدِیْنَةِ تِسْعَةُ رَهْطٍ یُّفْسِدُوْنَ فِی الْاَرْضِ وَلَا یُصْلِحُوْنَ ۟

४८) र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे । info
التفاسير:

external-link copy
49 : 27

قَالُوْا تَقَاسَمُوْا بِاللّٰهِ لَنُبَیِّتَنَّهٗ وَاَهْلَهٗ ثُمَّ لَنَقُوْلَنَّ لِوَلِیِّهٖ مَا شَهِدْنَا مَهْلِكَ اَهْلِهٖ وَاِنَّا لَصٰدِقُوْنَ ۟

४९) उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्नेछौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं । info
التفاسير:

external-link copy
50 : 27

وَمَكَرُوْا مَكْرًا وَّمَكَرْنَا مَكْرًا وَّهُمْ لَا یَشْعُرُوْنَ ۟

५०) र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन । info
التفاسير:

external-link copy
51 : 27

فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ مَكْرِهِمْ ۙ— اَنَّا دَمَّرْنٰهُمْ وَقَوْمَهُمْ اَجْمَعِیْنَ ۟

५१) तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जातिसमुदाय सबैलाई नष्ट पारिहाल्यौ । info
التفاسير:

external-link copy
52 : 27

فَتِلْكَ بُیُوْتُهُمْ خَاوِیَةً بِمَا ظَلَمُوْا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّقَوْمٍ یَّعْلَمُوْنَ ۟

५२) यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ । info
التفاسير:

external-link copy
53 : 27

وَاَنْجَیْنَا الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟

५३) र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं । info
التفاسير:

external-link copy
54 : 27

وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اَتَاْتُوْنَ الْفَاحِشَةَ وَاَنْتُمْ تُبْصِرُوْنَ ۟

५४) र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ । info
التفاسير:

external-link copy
55 : 27

اَىِٕنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ شَهْوَةً مِّنْ دُوْنِ النِّسَآءِ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ تَجْهَلُوْنَ ۟

५५) यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ । info
التفاسير: