വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
14 : 27

وَجَحَدُوْا بِهَا وَاسْتَیْقَنَتْهَاۤ اَنْفُسُهُمْ ظُلْمًا وَّعُلُوًّا ؕ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِیْنَ ۟۠

१४) उनीहरूले अत्याचार र घमण्डको कारण इनकार गरे जबकि उनीहरूका हृदयले विश्वास गरिसकेका थिए । तसर्थ हेर्नुस् कि ती उप्रदव गर्नेहरूको परिणाम के भयो ? info
التفاسير:

external-link copy
15 : 27

وَلَقَدْ اٰتَیْنَا دَاوٗدَ وَسُلَیْمٰنَ عِلْمًا ۚ— وَقَالَا الْحَمْدُ لِلّٰهِ الَّذِیْ فَضَّلَنَا عَلٰی كَثِیْرٍ مِّنْ عِبَادِهِ الْمُؤْمِنِیْنَ ۟

१५) र हामीले निश्चय नै ‘‘दाऊद’’ र ‘‘सुलैमानलाई’’ ज्ञान प्रदान गरेका थियौं । र उनी दुवैले भने कि सम्पूर्ण प्रशंसा अल्लाहकै लगि छ जसले हामीलाई आफ्नो धेरैजसो ईमानवाला भक्तहरूको दाँजोमा श्रेष्ठता प्रदान गर्यो । info
التفاسير:

external-link copy
16 : 27

وَوَرِثَ سُلَیْمٰنُ دَاوٗدَ وَقَالَ یٰۤاَیُّهَا النَّاسُ عُلِّمْنَا مَنْطِقَ الطَّیْرِ وَاُوْتِیْنَا مِنْ كُلِّ شَیْءٍ ؕ— اِنَّ هٰذَا لَهُوَ الْفَضْلُ الْمُبِیْنُ ۟

१६) र ‘‘दाऊदको’’ उत्तराधिकारी सुलैमान (अलहिस्सलाम) भए र उनले भनेः कि हे मानिसहरू ! हामीलाई पंक्षीहरूको बोली सिकाइएको छ र हामीलाई हरेक (जरुरी) कुरामध्येबाट प्रदान गरिएको छ । निःसन्देह यो स्पष्टरूपले अल्लाहको कृपा हो । info
التفاسير:

external-link copy
17 : 27

وَحُشِرَ لِسُلَیْمٰنَ جُنُوْدُهٗ مِنَ الْجِنِّ وَالْاِنْسِ وَالطَّیْرِ فَهُمْ یُوْزَعُوْنَ ۟

१७) ‘‘सुलैमानको’’ सामु उनका सबै फौज जिन्न र मनुष्य र पंक्षीहरूबाट एकत्र गरिए र उनीहरूको किसिम अनुसार दर्जा निर्धरित गरिएको थियो । info
التفاسير:

external-link copy
18 : 27

حَتّٰۤی اِذَاۤ اَتَوْا عَلٰی وَادِ النَّمْلِ ۙ— قَالَتْ نَمْلَةٌ یّٰۤاَیُّهَا النَّمْلُ ادْخُلُوْا مَسٰكِنَكُمْ ۚ— لَا یَحْطِمَنَّكُمْ سُلَیْمٰنُ وَجُنُوْدُهٗ ۙ— وَهُمْ لَا یَشْعُرُوْنَ ۟

१८) जब उनी कमिलाहरूको बैंसीमा पुगे त एउटा कमिलाले भन्योः कि हे कमिलाहरू आ–आफ्नो दूलोहरूमा प्रवेश गरिहाल, यस्तो नहोस् कि ‘‘सुलैमान’’ र उसको फौजले तिमीहरूलाई कुल्चिहालुन् र उनीलाई थाहा पनि नहोस् । info
التفاسير:

external-link copy
19 : 27

فَتَبَسَّمَ ضَاحِكًا مِّنْ قَوْلِهَا وَقَالَ رَبِّ اَوْزِعْنِیْۤ اَنْ اَشْكُرَ نِعْمَتَكَ الَّتِیْۤ اَنْعَمْتَ عَلَیَّ وَعَلٰی وَالِدَیَّ وَاَنْ اَعْمَلَ صَالِحًا تَرْضٰىهُ وَاَدْخِلْنِیْ بِرَحْمَتِكَ فِیْ عِبَادِكَ الصّٰلِحِیْنَ ۟

१९) उनको यस कुरामा उनी(सुलैमान) हाँसिहाले र भन्न थालेः कि हे पालनकर्ता ! मलाई शक्ति देऊ जुन कृपा तिमी ममाथि र मेरो आमा बाबुमाथि गरेका छौ, त्यसप्रति कृतज्ञाता ज्ञापन गरूँ र यस्ता असल काम गरूँ कि त्यसबाट तिमी प्रसन्न भइहाल र मलाई आफ्नो कृपाले आफ्नो असल भक्तहरूमा प्रवेश गराइहाल । info
التفاسير:

external-link copy
20 : 27

وَتَفَقَّدَ الطَّیْرَ فَقَالَ مَا لِیَ لَاۤ اَرَی الْهُدْهُدَ ۖؗ— اَمْ كَانَ مِنَ الْغَآىِٕبِیْنَ ۟

२०) उनले पंक्षीहरूको जाँचपडताल गरे, तब भन्नाथाले के कारण छ कि म ‘‘हुदहुद’’ चरालाई देख्दिन, के वास्तवमा त्यो यहाँ छैन ? info
التفاسير:

external-link copy
21 : 27

لَاُعَذِّبَنَّهٗ عَذَابًا شَدِیْدًا اَوْ لَاَاذْبَحَنَّهٗۤ اَوْ لَیَاْتِیَنِّیْ بِسُلْطٰنٍ مُّبِیْنٍ ۟

२१) निश्चितरूपले म उसलाई कठोर दण्ड दिनेछु वा त्यसलाई जब्ह गरिहाल्नेछु वा मेरो अगाडि (अनुपस्थितिको) कुनै स्पष्ट कारण प्रस्तुत गरोस् । info
التفاسير:

external-link copy
22 : 27

فَمَكَثَ غَیْرَ بَعِیْدٍ فَقَالَ اَحَطْتُّ بِمَا لَمْ تُحِطْ بِهٖ وَجِئْتُكَ مِنْ سَبَاٍ بِنَبَاٍ یَّقِیْنٍ ۟

२२) केही समय मात्र बितेको थियो, कि ‘‘हुदहुद’’ आइपुग्यो र भन्न थाल्योः कि मलाई एउटा यस्तो कुरो थाहा भएछ, जुन तपाईलाई थाहा छैन । म ‘‘सबा’’ (शहरबाट) तपाईको पासमा एउटा विश्वासनीय सूचना लिएर आएको छु । info
التفاسير: