വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
77 : 27

وَاِنَّهٗ لَهُدًی وَّرَحْمَةٌ لِّلْمُؤْمِنِیْنَ ۟

७७) र निःसन्देह यो कुरआन ईमानवालाहरूको निम्ति मार्गदर्शन र कृपा हो । info
التفاسير:

external-link copy
78 : 27

اِنَّ رَبَّكَ یَقْضِیْ بَیْنَهُمْ بِحُكْمِهٖ ۚ— وَهُوَ الْعَزِیْزُ الْعَلِیْمُ ۟ۚ

७८) तपाईको पालनकर्ताले उनीहरूबीच आफ्नो आदेशले सबै फैसला गरिदिनेछ । ऊ सर्वशक्ति सम्पन्न र सर्वज्ञ छ । info
التفاسير:

external-link copy
79 : 27

فَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— اِنَّكَ عَلَی الْحَقِّ الْمُبِیْنِ ۟

७९) तसर्थ तपाईले अल्लाहमा भरोसा राख्नुस् । निश्चितरूपले तपाई त स्पष्ट (सत्यता) धर्ममा हुनुहुन्छ । info
التفاسير:

external-link copy
80 : 27

اِنَّكَ لَا تُسْمِعُ الْمَوْتٰی وَلَا تُسْمِعُ الصُّمَّ الدُّعَآءَ اِذَا وَلَّوْا مُدْبِرِیْنَ ۟

८०) निःसन्देह तपाईले न मुर्दाहरूलाई सुनाउन सक्नुहुन्छ र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काई विमुख भएर गइरहेका छन् । info
التفاسير:

external-link copy
81 : 27

وَمَاۤ اَنْتَ بِهٰدِی الْعُمْیِ عَنْ ضَلٰلَتِهِمْ ؕ— اِنْ تُسْمِعُ اِلَّا مَنْ یُّؤْمِنُ بِاٰیٰتِنَا فَهُمْ مُّسْلِمُوْنَ ۟

८१) र नत तपाईले अन्धालाई उनको मार्गविचलनबाट हटाएर सही बाटो देखाउन सक्नुहुन्छ । तपाईले त उनीहरूलाई मात्र सुनाउन सक्नुहुन्छ जसले हाम्रो आयतहरूमाथि आस्था राख्दछन् र आज्ञाकारी छन् । info
التفاسير:

external-link copy
82 : 27

وَاِذَا وَقَعَ الْقَوْلُ عَلَیْهِمْ اَخْرَجْنَا لَهُمْ دَآبَّةً مِّنَ الْاَرْضِ تُكَلِّمُهُمْ ۙ— اَنَّ النَّاسَ كَانُوْا بِاٰیٰتِنَا لَا یُوْقِنُوْنَ ۟۠

८२) जब उनीहरूको लागि यातनाको वाचा पूरा हुनेछ, तब हामीले उनीहरूको लागि धरतीबाट एउटा जनावर निकाल्नेछौं, जसले उनीहरूसित कुरा गर्नेछ, कि मानिसहरू हाम्रो आयतहरूमा विश्वास गर्दैनथे । info
التفاسير:

external-link copy
83 : 27

وَیَوْمَ نَحْشُرُ مِنْ كُلِّ اُمَّةٍ فَوْجًا مِّمَّنْ یُّكَذِّبُ بِاٰیٰتِنَا فَهُمْ یُوْزَعُوْنَ ۟

८३) र जुन दिन हामी प्रत्येक समूहमध्येबाट त्यस समूहलाई एकत्रित गर्नेछौं, जसले हाम्रा आयतहरूलाई असत्य भन्दथे, अनि उनीहरूलाई विभिन्न श्रेणीहरूमा विभाजित गरिनेछ । info
التفاسير:

external-link copy
84 : 27

حَتّٰۤی اِذَا جَآءُوْ قَالَ اَكَذَّبْتُمْ بِاٰیٰتِیْ وَلَمْ تُحِیْطُوْا بِهَا عِلْمًا اَمَّاذَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

८४) यहाँसम्म कि जब सबै आइपुग्नेछन् तब अल्लाहले आदेश गर्नेछः कि तिमीलाई पूरा ज्ञान नभएर पनि तिमीले मेरा आयतहरूलाई किन असत्य भनेका थियौ ? र यो पनि बताऊ कि तिमीले के गर्दैथियौ ? info
التفاسير:

external-link copy
85 : 27

وَوَقَعَ الْقَوْلُ عَلَیْهِمْ بِمَا ظَلَمُوْا فَهُمْ لَا یَنْطِقُوْنَ ۟

८५) र उनीहरूको अपराधको कारणले उनीहरूको हकमा यातनाको वाचा पूरा भएर नै छाड्नेछ, अनि उनीहरू केही बोल्न सक्नेछैनन् । info
التفاسير:

external-link copy
86 : 27

اَلَمْ یَرَوْا اَنَّا جَعَلْنَا الَّیْلَ لِیَسْكُنُوْا فِیْهِ وَالنَّهَارَ مُبْصِرًا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟

८६) के उनीहरूले देखेनन् कि हामीले रातलाई बनाएका छौं ताकि यसमा तिनीहरूले आराम गरुन्, र दिनलाई उज्यालो बनाएका छौं । र निःसन्देह यसमा त्यस समुदायहरूको लागि जो ईमान र विश्वास राख्दछन् निशानीहरू छन् । info
التفاسير:

external-link copy
87 : 27

وَیَوْمَ یُنْفَخُ فِی الصُّوْرِ فَفَزِعَ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ اِلَّا مَنْ شَآءَ اللّٰهُ ؕ— وَكُلٌّ اَتَوْهُ دٰخِرِیْنَ ۟

८७) र जुन दिन सूर फूँकिनेछ तब जो आकाशहरू र जो जमिनमा छन्, सबै आत्तिनेछन्, तिनी बाहेक जसलाई अल्लाह चाहन्छ । र सबै उसको समक्ष विवश र बाध्य भई उपस्थित हुनेछन् । info
التفاسير:

external-link copy
88 : 27

وَتَرَی الْجِبَالَ تَحْسَبُهَا جَامِدَةً وَّهِیَ تَمُرُّ مَرَّ السَّحَابِ ؕ— صُنْعَ اللّٰهِ الَّذِیْۤ اَتْقَنَ كُلَّ شَیْءٍ ؕ— اِنَّهٗ خَبِیْرٌ بِمَا تَفْعَلُوْنَ ۟

८८) र जब तिमीले पहाडहरूलाई हेरेर तिनीहरूलाई आफ्नो ठाउँमा स्थिर देख्दछौ, तर तिनीहरू पनि यसप्रकार हिंड्नेछन्, जस्तो कि बादल । यो अल्लाहको कारीगरी हो, जसले प्रत्येक कुरालाई बलियो बनायो । निःसन्देह उसले तिम्रो कर्महरूको बारेमा जानकारी राख्दछ । info
التفاسير: