വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
64 : 27

اَمَّنْ یَّبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ وَمَنْ یَّرْزُقُكُمْ مِّنَ السَّمَآءِ وَالْاَرْضِ ؕ— ءَاِلٰهٌ مَّعَ اللّٰهِ ؕ— قُلْ هَاتُوْا بُرْهَانَكُمْ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

६४) को हो जसले प्रथम पटक पहिलो प्राणीहरूको सृष्टि गर्दछ, अनि उसको पुनरावृत्ति गर्नेछ र को हो जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दैछ, त के अल्लाहको साथमा अरु कोही पूज्य छ ? (होइन) भनिदिनुस् कि यदि तिमी साँचो हौ भने प्रमाण पेश गर । info
التفاسير:

external-link copy
65 : 27

قُلْ لَّا یَعْلَمُ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ الْغَیْبَ اِلَّا اللّٰهُ ؕ— وَمَا یَشْعُرُوْنَ اَیَّانَ یُبْعَثُوْنَ ۟

६५) भनिदिनुस् कि जो आकाशहरू र धरतीमा छन्, अल्लाह बाहेक कोही अन्तरयामी छैन उनीहरू त यो पनि जान्दैनन् कि कहिले उठाइनेछन् । info
التفاسير:

external-link copy
66 : 27

بَلِ ادّٰرَكَ عِلْمُهُمْ فِی الْاٰخِرَةِ ۫— بَلْ هُمْ فِیْ شَكٍّ مِّنْهَا ۫— بَلْ هُمْ مِّنْهَا عَمُوْنَ ۟۠

६६) बरु आखिरतको विषयमा उनको ज्ञानको अन्त्य भइसकेको छ । बरु यिनीहरू यसबाट सन्देहमा छन्, बरु उनीहरू यसबाट अन्धा छन् । info
التفاسير:

external-link copy
67 : 27

وَقَالَ الَّذِیْنَ كَفَرُوْۤا ءَاِذَا كُنَّا تُرٰبًا وَّاٰبَآؤُنَاۤ اَىِٕنَّا لَمُخْرَجُوْنَ ۟

६७) काफिरहरूले भनेः कि के जब हामी, र हाम्रो बाबुबाजे माटो भइहाल्छौं, तब के फेरि हामी (चिहानबाट) निकालिने छौं ? info
التفاسير:

external-link copy
68 : 27

لَقَدْ وُعِدْنَا هٰذَا نَحْنُ وَاٰبَآؤُنَا مِنْ قَبْلُ ۙ— اِنْ هٰذَاۤ اِلَّاۤ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟

६८) यो वाचा हामीसित र हाम्रा बाबु बाजेसित त धेरै पहिलादेखि नै भइराखेको छ । यी त पूर्वजहरूका कथा मात्र हुन् । info
التفاسير:

external-link copy
69 : 27

قُلْ سِیْرُوْا فِی الْاَرْضِ فَانْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُجْرِمِیْنَ ۟

६९) भनिदिनुस्ः कि धरतीमा घुमफिर त गरेर हेर कि अपराधीहरूको परिणाम कस्तो भयो ? info
التفاسير:

external-link copy
70 : 27

وَلَا تَحْزَنْ عَلَیْهِمْ وَلَا تَكُنْ فِیْ ضَیْقٍ مِّمَّا یَمْكُرُوْنَ ۟

७०) तपाई उनीहरूको लागि दुःखी नहुनुस् र उनीहरूको दाउघातहरूबाट पनि दुःखी नहुनुस् । info
التفاسير:

external-link copy
71 : 27

وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

७१) र भन्दछन्ः कि यदि सत्य हौ भने, त यो वाचा कहिले पूरा हुनेछ बताइदिनुस् ? info
التفاسير:

external-link copy
72 : 27

قُلْ عَسٰۤی اَنْ یَّكُوْنَ رَدِفَ لَكُمْ بَعْضُ الَّذِیْ تَسْتَعْجِلُوْنَ ۟

७२) जवाफ दिनुस् ! कि जुन कुराहरू (यातना) को निम्ति तिमीले शीघ्रता गरिराखेका छौ, शायद त्यसमध्येबाट केही तिम्रो नजिकमा आइसकेका छन् । info
التفاسير:

external-link copy
73 : 27

وَاِنَّ رَبَّكَ لَذُوْ فَضْلٍ عَلَی النَّاسِ وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَشْكُرُوْنَ ۟

७३) निःसन्देह तपाईको पालनकर्ता त मानिसहरूमाथि ठूलो दया गर्नेवाला छ, तर यिनीहरूमध्ये धेरैले कृतज्ञता व्यक्त गर्दैनन् । info
التفاسير:

external-link copy
74 : 27

وَاِنَّ رَبَّكَ لَیَعْلَمُ مَا تُكِنُّ صُدُوْرُهُمْ وَمَا یُعْلِنُوْنَ ۟

७४) र निःसन्देह जुन कुराहरू उनको छातीमा लुकेको हुन्छ र जुन काम उनीहरूले प्रकट गर्दछन्, तपाईको पालनकर्ता ती (सबै) जान्दछ । info
التفاسير:

external-link copy
75 : 27

وَمَا مِنْ غَآىِٕبَةٍ فِی السَّمَآءِ وَالْاَرْضِ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟

७५) आकाशहरू र धरतीमा लुकेको कुनै पनि यस्तो कुरा छैन जुन स्पष्ट र खुल्ला किताबमा मौजूद नहोस् । info
التفاسير:

external-link copy
76 : 27

اِنَّ هٰذَا الْقُرْاٰنَ یَقُصُّ عَلٰی بَنِیْۤ اِسْرَآءِیْلَ اَكْثَرَ الَّذِیْ هُمْ فِیْهِ یَخْتَلِفُوْنَ ۟

७६) निःसन्देह यस कुरआनले बनी इस्राईलको अगाडि ती धेरै कुराहरू, जसमा उनीहरूले विवाद गर्दछन्, स्पष्टरूपमा बयान गर्दछ । info
التفاسير: