३६) जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।
३७) तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।
३८) (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।
३९) जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।
४०) एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।
४२) अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यही जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।
४४) अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।