Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith

Numri i faqes: 143:128 close

external-link copy
125 : 6

فَمَنْ یُّرِدِ اللّٰهُ اَنْ یَّهْدِیَهٗ یَشْرَحْ صَدْرَهٗ لِلْاِسْلَامِ ۚ— وَمَنْ یُّرِدْ اَنْ یُّضِلَّهٗ یَجْعَلْ صَدْرَهٗ ضَیِّقًا حَرَجًا كَاَنَّمَا یَصَّعَّدُ فِی السَّمَآءِ ؕ— كَذٰلِكَ یَجْعَلُ اللّٰهُ الرِّجْسَ عَلَی الَّذِیْنَ لَا یُؤْمِنُوْنَ ۟

१२५) तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि, मार्गदर्शन प्राप्त गरोस्, उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ मानौ त्यो आकाशमा चढिराखेको छ र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ, जसले ईमान ल्याउदैन । info
التفاسير:

external-link copy
126 : 6

وَهٰذَا صِرَاطُ رَبِّكَ مُسْتَقِیْمًا ؕ— قَدْ فَصَّلْنَا الْاٰیٰتِ لِقَوْمٍ یَّذَّكَّرُوْنَ ۟

१२६) यही नै तिम्रो पालनकर्ताको सिधा मार्ग हो । हामीले उपदेश मान्ने व्यक्तिहरूको लागि यी आयतहरूलाई स्पष्ट वर्णन गरिदिएका छौं । info
التفاسير:

external-link copy
127 : 6

لَهُمْ دَارُ السَّلٰمِ عِنْدَ رَبِّهِمْ وَهُوَ وَلِیُّهُمْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟

१२७) तिनीहरूको लागि तिनीहरूको पालनकर्ताकहाँ शान्तिघर छ र तिनीहरूले राम्रो कर्मको नीति अपनाए बापत अल्लाह नै तिनीहरूको संरक्षक हो । info
التفاسير:

external-link copy
128 : 6

وَیَوْمَ یَحْشُرُهُمْ جَمِیْعًا ۚ— یٰمَعْشَرَ الْجِنِّ قَدِ اسْتَكْثَرْتُمْ مِّنَ الْاِنْسِ ۚ— وَقَالَ اَوْلِیٰٓؤُهُمْ مِّنَ الْاِنْسِ رَبَّنَا اسْتَمْتَعَ بَعْضُنَا بِبَعْضٍ وَّبَلَغْنَاۤ اَجَلَنَا الَّذِیْۤ اَجَّلْتَ لَنَا ؕ— قَالَ النَّارُ مَثْوٰىكُمْ خٰلِدِیْنَ فِیْهَاۤ اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— اِنَّ رَبَّكَ حَكِیْمٌ عَلِیْمٌ ۟

१२८) जुन दिन अल्लाहले ती सबै प्राणी (जिन्न र मानिसहरू) लाई एकत्रित गर्नेछ र जिन्नहरूलाई सम्बोधित गर्दै भन्नेछ कि, ‘‘हे जिन्नहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ’’ । त्यसबेला मानिसमध्ये तिनका जो मित्र थिए, तिनीहरू निवेदन गर्नेछन् कि, ‘‘पालनहार ! हामीमध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौं र अब हामी त्यस म्यादमा पुगिसकेका छौं जुन तिमीले हाम्रो लागि (निर्धारित) गरिदिएका थियौ’’ अल्लाहले भन्ने छ कि, ‘‘तिमी सबैको ठेगाना अब नर्क हुनेछ । त्यसमा तिमी सदैव रहनेछौ ।’’ तर जसलाई अल्लाहले बचाउन चाहन्छ, उसको कुरो अर्कैछ । निःसन्देह तिम्रो पालनकर्ता ठूलो तत्वदर्शी र सर्वज्ञ छ । info
التفاسير:

external-link copy
129 : 6

وَكَذٰلِكَ نُوَلِّیْ بَعْضَ الظّٰلِمِیْنَ بَعْضًا بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟۠

१२९) र यसै प्रकार (परलोकमा) हामीले अत्याचारीहरूलाई, तिनीहरूका क्रियाकलापलेगर्दा जुन कि तिनीहरूले गर्दथे, एक अर्काको (नर्कको) साथी बनाइदिनेछौं । info
التفاسير:

external-link copy
130 : 6

یٰمَعْشَرَ الْجِنِّ وَالْاِنْسِ اَلَمْ یَاْتِكُمْ رُسُلٌ مِّنْكُمْ یَقُصُّوْنَ عَلَیْكُمْ اٰیٰتِیْ وَیُنْذِرُوْنَكُمْ لِقَآءَ یَوْمِكُمْ هٰذَا ؕ— قَالُوْا شَهِدْنَا عَلٰۤی اَنْفُسِنَا وَغَرَّتْهُمُ الْحَیٰوةُ الدُّنْیَا وَشَهِدُوْا عَلٰۤی اَنْفُسِهِمْ اَنَّهُمْ كَانُوْا كٰفِرِیْنَ ۟

१३०) ‘‘हे जिन्न र मानिसहरूको समूह । के तिमीहरूनिर तिमीहरूमध्येबाटै पैगम्बरहरू आएका थिएनन्, जसले मेरा आयतहरू (नियमहरू) तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिदैनथे ?’’ तिनीहरूले विन्ती गर्नेछन् कि, ‘‘हो आउँदथे हामी आफ्नो पाप आफै स्वीकार्दछौं ।’’ यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्यवम्ले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन कि, तिनिहरू काफिर थिए ।’’ info
التفاسير: