Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith

Numri i faqes: 141:128 close

external-link copy
111 : 6

وَلَوْ اَنَّنَا نَزَّلْنَاۤ اِلَیْهِمُ الْمَلٰٓىِٕكَةَ وَكَلَّمَهُمُ الْمَوْتٰی وَحَشَرْنَا عَلَیْهِمْ كُلَّ شَیْءٍ قُبُلًا مَّا كَانُوْا لِیُؤْمِنُوْۤا اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ وَلٰكِنَّ اَكْثَرَهُمْ یَجْهَلُوْنَ ۟

१११) र यदि हामीले तिनीहरूछेउ फरिश्ताहरूलाई (स्वर्गदुतहरूलाई) पठाइदिएको भए, र मृतकहरूले तिनीहरूसँग कुरा गर्न थालेको भए, र हामीले तिनीहरूको अगाडि संसारका सबै वस्तुहरूलार्इ उपस्थित गराइदिएको भए पनि यिनीहरूले ईमान ल्याउने थिएनन् । जबसम्म अल्लाह स्वयम्ले चाँहदैन्, तर उनीहरूमध्ये अधिकांश अज्ञानी छन् । info
التفاسير:

external-link copy
112 : 6

وَكَذٰلِكَ جَعَلْنَا لِكُلِّ نَبِیٍّ عَدُوًّا شَیٰطِیْنَ الْاِنْسِ وَالْجِنِّ یُوْحِیْ بَعْضُهُمْ اِلٰی بَعْضٍ زُخْرُفَ الْقَوْلِ غُرُوْرًا ؕ— وَلَوْ شَآءَ رَبُّكَ مَا فَعَلُوْهُ فَذَرْهُمْ وَمَا یَفْتَرُوْنَ ۟

११२) र यस्तै प्रकारले हामीले मानिस तथा जिन्नमध्येका शैतानहरूलाई हरेक पैगम्बरको शत्रु बनाएका थियौं । तिनीहरूमध्ये केहीले एक अर्काको मनमा चिल्लो चाप्लुसी कुराहरू धोखा दिने उद्देश्यले गर्दथें । यदि अल्लाहले चाहेको भए तिनीहरूले त्यस्तो काम गर्ने थिएनन् । तसर्थ तिनीहरूलाई तथा तिनीहरूले जे जति मन गढन्तरूपमा गर्दछन्, सबै छाडिदेऊ । info
التفاسير:

external-link copy
113 : 6

وَلِتَصْغٰۤی اِلَیْهِ اَفْـِٕدَةُ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ وَلِیَرْضَوْهُ وَلِیَقْتَرِفُوْا مَا هُمْ مُّقْتَرِفُوْنَ ۟

११३) र जुन मानिसले परलोकको दिनलाई विश्वास गर्दैनन् तिनीहरूको हृदय तिनीहरूको कुरा (धोखा) तिर प्रवृत होउन् र त्यसलाई रुचाउन् र तिनीहरूले गर्ने काममा उनीहरू पनि लिप्त रहुन् । info
التفاسير:

external-link copy
114 : 6

اَفَغَیْرَ اللّٰهِ اَبْتَغِیْ حَكَمًا وَّهُوَ الَّذِیْۤ اَنْزَلَ اِلَیْكُمُ الْكِتٰبَ مُفَصَّلًا ؕ— وَالَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ یَعْلَمُوْنَ اَنَّهٗ مُنَزَّلٌ مِّنْ رَّبِّكَ بِالْحَقِّ فَلَا تَكُوْنَنَّ مِنَ الْمُمْتَرِیْنَ ۟

११४) त के म अल्लाहलाई छोडेर अरु कसैलाई न्याय गर्नको लागि खोजूँ जब कि उसले पूर्ण विस्तारकोसाथ एउटा किताब तिम्रो लागि पठाएको छ? यसका शीर्षकहरू स्पष्टसंग वर्णन गरिएका छन् । र जसलाई हामीले (पहिले) किताब प्रदान गर्यौं तिनीहरू जान्दछन् कि त्यो सत्य किताब तिम्रो पालनकर्ताको तर्फबाट उतारिएको हो, तसर्थ तपाई शंका गर्नेमध्येबाटको नहुनु । info
التفاسير:

external-link copy
115 : 6

وَتَمَّتْ كَلِمَتُ رَبِّكَ صِدْقًا وَّعَدْلًا ؕ— لَا مُبَدِّلَ لِكَلِمٰتِهٖ ۚ— وَهُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟

११५) र तिम्रो पालनकर्ताको कुरा सत्यता र न्यायको दृष्टिले पूर्ण छ त्यसको आदेश कसैले परिवर्तन गर्न सक्दैन र ऊ सबै सुन्ने र जान्नेवाला छ । info
التفاسير:

external-link copy
116 : 6

وَاِنْ تُطِعْ اَكْثَرَ مَنْ فِی الْاَرْضِ یُضِلُّوْكَ عَنْ سَبِیْلِ اللّٰهِ ؕ— اِنْ یَّتَّبِعُوْنَ اِلَّا الظَّنَّ وَاِنْ هُمْ اِلَّا یَخْرُصُوْنَ ۟

११६) प्रायः यस संसारमा धेरै यस्ता मानिसहरू छन् यदि तपाईले तिनीहरूले भनेको कुरा मान्न थाल्नु भयो भने, तिनीहरूले तपाईलाई अल्लाहको बाटोबाट विचलित गराइदिनेछन् । यिनीहरू अप्रमाणिक विचारमा हिँडदछन् र नितान्त अटकलबाजीको कुरा गर्दछन् । info
التفاسير:

external-link copy
117 : 6

اِنَّ رَبَّكَ هُوَ اَعْلَمُ مَنْ یَّضِلُّ عَنْ سَبِیْلِهٖ ۚ— وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟

११७) निःसन्देह तपार्इको पालनकर्ता तिनीहरूलाई राम्ररी जान्दछ कि को उसको बाटोबाट विचलित छ र तिनीहरूलाई पनि राम्ररी जान्दछ जो उसको बाटोमा हिंडिराखेका छन् । info
التفاسير:

external-link copy
118 : 6

فَكُلُوْا مِمَّا ذُكِرَ اسْمُ اللّٰهِ عَلَیْهِ اِنْ كُنْتُمْ بِاٰیٰتِهٖ مُؤْمِنِیْنَ ۟

११८) तसर्थः जुन जनावरमाथि अल्लाहको नाम लिइन्छ त्यसबाट खानु यदि तिमी अल्लाहका आयतहरूमाथि ईमान राख्दछौ भने । info
التفاسير: