१२५) तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि, मार्गदर्शन प्राप्त गरोस्, उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ मानौ त्यो आकाशमा चढिराखेको छ र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ, जसले ईमान ल्याउदैन ।
१२८) जुन दिन अल्लाहले ती सबै प्राणी (जिन्न र मानिसहरू) लाई एकत्रित गर्नेछ र जिन्नहरूलाई सम्बोधित गर्दै भन्नेछ कि, ‘‘हे जिन्नहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ’’ । त्यसबेला मानिसमध्ये तिनका जो मित्र थिए, तिनीहरू निवेदन गर्नेछन् कि, ‘‘पालनहार ! हामीमध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौं र अब हामी त्यस म्यादमा पुगिसकेका छौं जुन तिमीले हाम्रो लागि (निर्धारित) गरिदिएका थियौ’’ अल्लाहले भन्ने छ कि, ‘‘तिमी सबैको ठेगाना अब नर्क हुनेछ । त्यसमा तिमी सदैव रहनेछौ ।’’ तर जसलाई अल्लाहले बचाउन चाहन्छ, उसको कुरो अर्कैछ । निःसन्देह तिम्रो पालनकर्ता ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
१३०) ‘‘हे जिन्न र मानिसहरूको समूह । के तिमीहरूनिर तिमीहरूमध्येबाटै पैगम्बरहरू आएका थिएनन्, जसले मेरा आयतहरू (नियमहरू) तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिदैनथे ?’’ तिनीहरूले विन्ती गर्नेछन् कि, ‘‘हो आउँदथे हामी आफ्नो पाप आफै स्वीकार्दछौं ।’’ यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्यवम्ले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन कि, तिनिहरू काफिर थिए ।’’