१९) तपाई भनिदिनुस् कि गवाही दिने सबभन्दा ठूलो कुरा के हो । भन्नुस् अल्लाह नै मेरो र तिम्रो बीचमा साक्षी छ र यो कुरआन ममाथि यस कारणले अवतरित गरिएको छ कि यसबाट तिमीलाई र जुन–जुन मानिससम्म यो पुग्न सक्तछ ती सबैलाई डराऊँ । के तिमी साँच्चै साक्षी बन्नेछौ कि अल्लाहको साथमा अरु कोही पूजनीय छन् ? (हे मुहम्मद) भनिदिनुस् कि म यस्तो साक्ष्य दिन्न । भनिदिनुस् कि मात्र उही नै एउटा पूजा योग्य छ, र जसलाई तिमीहरूले उसको साझेदार ठहराउँछौं तिनीहरूबाट म निःसन्देह विरक्त छु ।
२०) जुन मानिसहरूलाई हामीले किताब प्रदान गरेका छौं तिनीहरूले पैगम्बरलाई त्यस्तै चिन्दछन् जस्तो कि आफ्नै छोराहरूलाई चिन्ने गर्दछन् । जसले आफूलाई क्षति पुर्याइसकेका छन् तिनीहरूले ईमान ल्याउने छैनन् ।
२२) र स्मर्णीय छ त्योदिन जुन दिन हामीले सबै मानिसहरूलाई एकत्रित गर्नेछौं अनि मुश्रिकहरूसित सोध्नेछौं कि (आज) तिम्रा साझेदारहरू कहाँ छन्, जसलाई पूजनीय भनी तिमीहरू दावी गर्दथ्यौ ?
२५) र तिनीहरूमध्ये केही यस्ता छन् जो तपाईको कुरा सुन्ने स्वाङ पार्छन् र हामीले तिनीहरूका हृदयमाथि आवरण हालिदिएका छौं, जसले कि तिनलाई बुझ्न नसकुन् र उनको कानहरूमा बहिरोपनको सृजना गरिदिएका छौं र यदि तिनीहरूले सम्पूर्ण निशानीहरू देखे तापनि, तिनमाथि कहिले ईमान ल्याउने छैनन्, यहाँसम्म कि जब तिनीहरू तपाईको नजिक आउँछन् त बिना कारण विवाद गर्न आउँछन् त जो काफिर छन्, यसरी भन्दछन् कि यो (कुरआन) त पूर्वजहरूको दन्त कथा बाहेक अरु केही होइन ।
२६) र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा- टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।
२७) यदि तपाईले त्यस समय हेर्नपाउने भए जब यिनीहरू नर्कछेउ उभ्याइने छन् र भन्ने छन् कि क्याराम्रो हुने थियो यदि हामीलाई फर्काइयोस् भने हामीले आफ्नो पालनकर्ताका आयतहरूलाई झूठा भन्ने थिएनौं र हामी ईमान ल्याउने थियौं ।