Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith

Numri i faqes:close

external-link copy
275 : 2

اَلَّذِیْنَ یَاْكُلُوْنَ الرِّبٰوا لَا یَقُوْمُوْنَ اِلَّا كَمَا یَقُوْمُ الَّذِیْ یَتَخَبَّطُهُ الشَّیْطٰنُ مِنَ الْمَسِّ ؕ— ذٰلِكَ بِاَنَّهُمْ قَالُوْۤا اِنَّمَا الْبَیْعُ مِثْلُ الرِّبٰوا ۘ— وَاَحَلَّ اللّٰهُ الْبَیْعَ وَحَرَّمَ الرِّبٰوا ؕ— فَمَنْ جَآءَهٗ مَوْعِظَةٌ مِّنْ رَّبِّهٖ فَانْتَهٰی فَلَهٗ مَا سَلَفَ ؕ— وَاَمْرُهٗۤ اِلَی اللّٰهِ ؕ— وَمَنْ عَادَ فَاُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟

२७५) जुन मानिसहरू व्याज खान्छन् तिनी (चिहानहरूबाट) यस प्रकारले (भ्रमित भई) उठ्ने छन् जस्तो कि शैतानले छोएको पागल होस् । यो यस कारणले कि तिनीहरूले भन्ने गर्दथे कि व्यापार गर्नु पनि त यस्तै छ, जस्तो कि ब्याज (लिनु) । तर व्यापारलाई अल्लाहले हलाल (ग्राह्य) बनाएको छ र ब्याजलाई हराम (अवैध) । जुन मानिसले आफ्नो छेउ अल्लाहको निर्देशन पुगेपछि (ब्याज लिन) त्यागिदियो भने जेजति भइसकेको छ, त्यसको माफी पाउनेछ । र त्यसको निर्णय अल्लाहले गर्नेछ । र यदि फेरि (व्याज) लिन थाल्यो भने, त्यस्ता मानिसहरू नारकीय हुनेछन्, र सधैं नर्कमा रहने छन् । info
التفاسير:

external-link copy
276 : 2

یَمْحَقُ اللّٰهُ الرِّبٰوا وَیُرْبِی الصَّدَقٰتِ ؕ— وَاللّٰهُ لَا یُحِبُّ كُلَّ كَفَّارٍ اَثِیْمٍ ۟

२७६) अल्लाहले ब्याजलाई खतम (समाप्त) गर्दछ र दानमा बृद्धि गर्दछ र अल्लाहले कुनै कृतघ्न र पापीलाई प्रेम गर्दैन । info
التفاسير:

external-link copy
277 : 2

اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ لَهُمْ اَجْرُهُمْ عِنْدَ رَبِّهِمْ ۚ— وَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟

२७७) निःसन्देह जुन मानिसहरूले ईमानको साथ ‘‘सुन्नत’’ बमोजिम (अनुकूल) असल कर्म गर्दछन्, नमाज पढछन् र जकात दिंदै गर्छन्, तिनीले तिनका कर्महरूको फल अल्लाहकहाँ पाउनेछन् र (कियामतको दिन) तिनलाई न कुनै भय हुनेछ न तिनीहरू दुःखी हुनेछन् । info
التفاسير:

external-link copy
278 : 2

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَذَرُوْا مَا بَقِیَ مِنَ الرِّبٰۤوا اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟

२७८) हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी वास्तवमा ईमानवाला छौ । info
التفاسير:

external-link copy
279 : 2

فَاِنْ لَّمْ تَفْعَلُوْا فَاْذَنُوْا بِحَرْبٍ مِّنَ اللّٰهِ وَرَسُوْلِهٖ ۚ— وَاِنْ تُبْتُمْ فَلَكُمْ رُءُوْسُ اَمْوَالِكُمْ ۚ— لَا تَظْلِمُوْنَ وَلَا تُظْلَمُوْنَ ۟

२७९) र यदि यस्तो गर्दैनौ भने त अल्लाह र उसको सन्देष्टासँग युद्धको लागि तयार भइहाल, हो यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस् । info
التفاسير:

external-link copy
280 : 2

وَاِنْ كَانَ ذُوْ عُسْرَةٍ فَنَظِرَةٌ اِلٰی مَیْسَرَةٍ ؕ— وَاَنْ تَصَدَّقُوْا خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟

२८०) यदि कोही कठिनाईमा छ भने उसलाई तिर्न सजिलो नहुञ्जेलसम्मको लागि समय देऊ । तर यदि तिमीले त्यसलाई दानको रूपमा प्रदान गरिदिन्छौ भने तिम्रो निम्ति सबभन्दा राम्रो हुन्छ, यदि यो कुरा तिमी बुझ्दछौ भने । info
التفاسير:

external-link copy
281 : 2

وَاتَّقُوْا یَوْمًا تُرْجَعُوْنَ فِیْهِ اِلَی اللّٰهِ ۫— ثُمَّ تُوَفّٰی كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟۠

२८१) र त्यस दिनसँग डराऊ जबकि अल्लाहको अगाडि फर्केर जानेछौ र प्रत्येक मानिसले आफ्नो कर्महरूको पूरा प्रतिफल प्राप्त गर्नेछ र तिनीहरूमाथि अन्याय हुने छैन । info
التفاسير: