Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith

Numri i faqes:close

external-link copy
38 : 2

قُلْنَا اهْبِطُوْا مِنْهَا جَمِیْعًا ۚ— فَاِمَّا یَاْتِیَنَّكُمْ مِّنِّیْ هُدًی فَمَنْ تَبِعَ هُدَایَ فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟

३८) हामीले भन्यौं तिमी सबै यहाँबाट गइहाल, जब तिमीहरूसम्म मेरा मार्गदर्शन आउनेछ त जसले त्यसको पालना गर्यो तिनीहरूको लागि कुनै भय र चिन्ता हुनेछैन् । info
التفاسير:

external-link copy
39 : 2

وَالَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَاۤ اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟۠

३९) र, जसले इन्कार गरे, र हाम्रा आयातहरूलाई मिथ्या ठाने, ती जहन्नमी (नर्कीय) हुन् र त्यसैमा सधैं रहनेछन् । info
التفاسير:

external-link copy
40 : 2

یٰبَنِیْۤ اِسْرَآءِیْلَ اذْكُرُوْا نِعْمَتِیَ الَّتِیْۤ اَنْعَمْتُ عَلَیْكُمْ وَاَوْفُوْا بِعَهْدِیْۤ اُوْفِ بِعَهْدِكُمْ ۚ— وَاِیَّایَ فَارْهَبُوْنِ ۟

४०) हे यअ्कूबका सन्तति ! मेरो त्यस वरदानको सम्झना गर, जुन मैले तिमीहरूलाई प्रदान गरें र मेरो संकल्पलाई पूरा गर । म तिम्रो वाचा पूरा गर्नेछु र मसित मात्र डर मान । info
التفاسير:

external-link copy
41 : 2

وَاٰمِنُوْا بِمَاۤ اَنْزَلْتُ مُصَدِّقًا لِّمَا مَعَكُمْ وَلَا تَكُوْنُوْۤا اَوَّلَ كَافِرٍ بِهٖ ۪— وَلَا تَشْتَرُوْا بِاٰیٰتِیْ ثَمَنًا قَلِیْلًا ؗ— وَّاِیَّایَ فَاتَّقُوْنِ ۟

४१) र, जुन किताबलाई मैले तिम्रा ग्रन्थहरूको पुष्ट्याईको लागि उतारेको छु त्यसलाई सत्य मान यसका साथै तिमी नै प्रथम काफिर नबन र मेरा आयतहरूलाई तुच्छ मोलमा नबेच र मसंग मात्र डर मान । info
التفاسير:

external-link copy
42 : 2

وَلَا تَلْبِسُوا الْحَقَّ بِالْبَاطِلِ وَتَكْتُمُوا الْحَقَّ وَاَنْتُمْ تَعْلَمُوْنَ ۟

४२) र, सत्यलाई असत्यसँग नमिसाऊ र साँचो कुरा नलुकाऊ तिमीलाई त स्वयम् यसको जानकारी छ । info
التفاسير:

external-link copy
43 : 2

وَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَارْكَعُوْا مَعَ الرّٰكِعِیْنَ ۟

४३) र, नमाज पढ्ने गर र जकात (दान) दिने गर र ढोग्नेहरसँग ढोग्ने गर । info
التفاسير:

external-link copy
44 : 2

اَتَاْمُرُوْنَ النَّاسَ بِالْبِرِّ وَتَنْسَوْنَ اَنْفُسَكُمْ وَاَنْتُمْ تَتْلُوْنَ الْكِتٰبَ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟

४४) के (तिमीहरू) अर्कालाई असल काम गर्न आदेश दिन्छौ र आफू स्वयम्लाई बिर्सिदिन्छौ, जबकि तिमीहरू किताब पढ्छौ, के तिमीहरू यति पनि बुझ्दैनौं ? info
التفاسير:

external-link copy
45 : 2

وَاسْتَعِیْنُوْا بِالصَّبْرِ وَالصَّلٰوةِ ؕ— وَاِنَّهَا لَكَبِیْرَةٌ اِلَّا عَلَی الْخٰشِعِیْنَ ۟ۙ

४५) एवं, धैर्य र नमाज पढेर मद्दत माग्ने गर, निश्चय नै यो (नमाज), डर मान्नेहरू बाहेक अरुका लागि गाह्रो कुरा हो । info
التفاسير:

external-link copy
46 : 2

الَّذِیْنَ یَظُنُّوْنَ اَنَّهُمْ مُّلٰقُوْا رَبِّهِمْ وَاَنَّهُمْ اِلَیْهِ رٰجِعُوْنَ ۟۠

४६) जो जान्दछन् कि आफ्नो पालनकर्तालाई भेट्नुछ र निश्चय उनैतिर फर्केर जानु छ । info
التفاسير:

external-link copy
47 : 2

یٰبَنِیْۤ اِسْرَآءِیْلَ اذْكُرُوْا نِعْمَتِیَ الَّتِیْۤ اَنْعَمْتُ عَلَیْكُمْ وَاَنِّیْ فَضَّلْتُكُمْ عَلَی الْعٰلَمِیْنَ ۟

४७) हे यअ्कूबका सन्तति ! मेरा ती उपकारहरूलाई स्मरण गर, जुन मैले तिमीहरूमाथि गरेको छु । र मैले तिमीहरूलाई संसारका अन्य मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेको छु । info
التفاسير:

external-link copy
48 : 2

وَاتَّقُوْا یَوْمًا لَّا تَجْزِیْ نَفْسٌ عَنْ نَّفْسٍ شَیْـًٔا وَّلَا یُقْبَلُ مِنْهَا شَفَاعَةٌ وَّلَا یُؤْخَذُ مِنْهَا عَدْلٌ وَّلَا هُمْ یُنْصَرُوْنَ ۟

४८) त्यस दिनसित डर मान्ने गर, जब कसैले कसैलाई फाइदा पुर्याउन सक्तैन र न कसैको सिफारिस स्वीकारिने छ र न कुनै बदला लिइनेछ र न उनीहरूलाई (कसैको) मद्दत प्राप्त हुनेछ । info
التفاسير: