८) के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् ।
९) के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे ।