२५) र अर्को निशानी यो पनि छ कि आकाश र धरती उसैको आदेशले कायम छन् । अनि जब उसले तिमीलाई आवाज दिनेछ, तब एउटै आवाजबाट तिमी तुरुन्तै धरतीबाट निस्किहाल्ने छौ ।
२७) र उही त हो जसले सर्वप्रथम सृष्टिको आरम्भ गर्दछ, अनि उसैले उसको पुनराबृत्ति गर्नेछ । यो उसको निम्ति धेरै सजिलो छ, आकाशहरू र जमिनमा उसको शान (गुण) सर्वोच्च छ र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
२८) अल्लाहले तिम्रो लागि स्वयम् तिम्रो एउटा उदाहरणको वर्णन गरेको छ । जे जति मैले तिमीलाई दिइराखेको छु के तिम्रो दासहरूमध्येको पनि कोही त्यसमा हकदार छ ? कि तिमी र तिनी त्यसमा बराबर भागीदार छौ ? र तिमीले उनीसित यस्तो डराउँछौ जस्तो तिमी आफ्नै (भाइ–अंशियारहरू) सित डराउँछौ हामीले बुद्धिमानहरूको लागि यस्तै स्पष्ट गरी–गरी आयतहरू वर्णन गर्दछौं ।
२९) अपितु कुरो यो हो कि यी अन्यायीहरू बिना ज्ञान त्यस्तै स्वार्थपूर्तिमा लागेका छन् । त्यसलाई कसले बाटो (सही बाटो) देखाउन सक्दछ जसलाई अल्लाहले मार्गविचलित गरिदिन्छन् । यिनीहरूको एउटा पनि मद्दत गर्नेवाला हुँदैन ।
३०) तसर्थ तपाईं दत्तचित्त (एकाग्र) भएर आफूलाई दीन (इस्लाम) तर्फ लगाउँदै गर्नुस्, अल्लाहको त्यो विशेषता जसमाथि उसले मानिसहरूको सृष्टि गरेको छ । अल्लाहले बनाएको (लाई) नबदल्नु, यही सोझो धर्म हो । तर धेरैले बुझ्दैनन् ।