ශුද්ධවූ අල් කුර්ආන් අර්ථ කථනය - නේපාල පරිවර්තනය - ජම්ඉයියතු අහ්ලුල් හදීස්

පිටු අංක:close

external-link copy
6 : 30

وَعْدَ اللّٰهِ ؕ— لَا یُخْلِفُ اللّٰهُ وَعْدَهٗ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟

६) यो अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् । info
التفاسير:

external-link copy
7 : 30

یَعْلَمُوْنَ ظَاهِرًا مِّنَ الْحَیٰوةِ الدُّنْیَا ۖۚ— وَهُمْ عَنِ الْاٰخِرَةِ هُمْ غٰفِلُوْنَ ۟

७) उनीहरूले त सांसारिक जीवनको केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् । info
التفاسير:

external-link copy
8 : 30

اَوَلَمْ یَتَفَكَّرُوْا فِیْۤ اَنْفُسِهِمْ ۫— مَا خَلَقَ اللّٰهُ السَّمٰوٰتِ وَالْاَرْضَ وَمَا بَیْنَهُمَاۤ اِلَّا بِالْحَقِّ وَاَجَلٍ مُّسَمًّی ؕ— وَاِنَّ كَثِیْرًا مِّنَ النَّاسِ بِلِقَآئِ رَبِّهِمْ لَكٰفِرُوْنَ ۟

८) के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् । info
التفاسير:

external-link copy
9 : 30

اَوَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— كَانُوْۤا اَشَدَّ مِنْهُمْ قُوَّةً وَّاَثَارُوا الْاَرْضَ وَعَمَرُوْهَاۤ اَكْثَرَ مِمَّا عَمَرُوْهَا وَجَآءَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ ؕ— فَمَا كَانَ اللّٰهُ لِیَظْلِمَهُمْ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟ؕ

९) के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे । info
التفاسير:

external-link copy
10 : 30

ثُمَّ كَانَ عَاقِبَةَ الَّذِیْنَ اَسَآءُوا السُّوْٓاٰۤی اَنْ كَذَّبُوْا بِاٰیٰتِ اللّٰهِ وَكَانُوْا بِهَا یَسْتَهْزِءُوْنَ ۟۠

१०) अन्ततः नराम्रो गर्नेहरूको परिणाम नराम्रो भयो, किनभने उनीहरूले अल्लाहका आयतहरूलाई झूठो भनेर उनीहरूको उपहास गर्दथे । info
التفاسير:

external-link copy
11 : 30

اَللّٰهُ یَبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ ثُمَّ اِلَیْهِ تُرْجَعُوْنَ ۟

११) अल्लाहले नै सृष्टिको आरम्भ गर्दछ । अनि त्यसैले उसको पुनराबृत्ति गर्नेछ । अनि उसैतिर तिमी फर्कनेछौ । info
التفاسير:

external-link copy
12 : 30

وَیَوْمَ تَقُوْمُ السَّاعَةُ یُبْلِسُ الْمُجْرِمُوْنَ ۟

१२) र जुन दिन कयामत (अन्तिम दिन) आइपुग्नेछ, त्यस दिन अपराधीहरू आश्चर्यचकित भइहाल्नेछन् । info
التفاسير:

external-link copy
13 : 30

وَلَمْ یَكُنْ لَّهُمْ مِّنْ شُرَكَآىِٕهِمْ شُفَعٰٓؤُا وَكَانُوْا بِشُرَكَآىِٕهِمْ كٰفِرِیْنَ ۟

१३) र उनीहरूले ठहराएका समस्त साझेदारहरूमध्ये कोही पनि सिफारिश गर्नेवाला हुनेछैन र उनीहरू आफै पनि आफ्ना साझेदारहरूलाई अस्वीकार गर्नेछन् । info
التفاسير:

external-link copy
14 : 30

وَیَوْمَ تَقُوْمُ السَّاعَةُ یَوْمَىِٕذٍ یَّتَفَرَّقُوْنَ ۟

१४) र जुन दिन प्रलय (कयामत) हुनेछ, त्यसदिन उनीहरू (विभिन्न समूह) अलग–अलग भइहाल्नेछन् । info
التفاسير:

external-link copy
15 : 30

فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصَّلِحٰتِ فَهُمْ فِیْ رَوْضَةٍ یُّحْبَرُوْنَ ۟

१५) र जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गमा प्रसन्नतापूर्वक राखिनेछन् । info
التفاسير: