३८) तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो (उपहास) गर्नेछौं ।’’
४०) यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए ।
४२) त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरा ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’
४३) उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको प्रकोपबाट बचाउनेवाला कोही छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ त्यतिखेरै दुवैको बीचमा छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेहरूमध्येको भइहाल्यो ।
४४) आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियो किः ‘‘अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’
४५) नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम (शासक) हौ ।’’