८९) र हे मेरो कौमका मानिसहरू ! कतै मेरो विरोध तिमीलाई त्यस्तो सजायको हकदार नबनाओस् जुन नूहको कौम वा हूदको कौम वा सालेहको कौमलाई भएको थियो । र लूतको कौम त तिमीबाट केही टाढा छैन ।
९१) तिनीहरूले भनेः हे शुऐब ! तिम्रो धेरै जसो कुराहरू हामीले बुझ्दैनौं र हामीले देख्दछौं तिमी धेरै कमजोर पनि छौ, र यदि तिम्रो खानदानको ख्याल नभएको भए हामीले तिमीलाई ढुङ्गा हानेर नष्ट पारिदिन्थ्यौं, र तिमीलाई हामीविरुद्ध शक्ति पनि छैन ।
९२) उनले भनेः कि ‘‘हे मेरो कौमका मानिसहरू ! के मेरो दाजुभाइहरूको सम्मान तिम्रो लागि अल्लाहभन्दा धेरै छ, र यसकारण तिमीले उसलाई आफ्नो पछाडि राखेका छौ । निःसन्देह मेरो पालनकर्ताले त तिम्रो सम्पूर्ण क्रियाकलापलाई घेरेको छ ।’’
९३) र हे मेरो कौमका मानिसहरू तिमी आफ्नो ठाउँमा काम गर्दै जाऊ, म (आफ्नो ठाउँमा) गर्दै जान्छु । तिमीलाई छिट्टै थाहा भइहाल्नेछ कि तिरस्कारपूर्ण सजाय कसमाथि आउँछ र झूठा को छ ? तिमी प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्छु ।
९४) र जब हाम्रो सजाय आईपुग्यो, त हामीले ‘‘शुऐबलाई’’ र ती मानिसहरू जसले उनको साथमा ईमान लाएका थिए, आफ्नो कृपाले बचाइहाल्यौं र जो अत्याचारी थिए तिनलाई प्रचन्ड विस्फोटनले आफ्नो चपेटामा लिइहाल्यो, जसलेगर्दा तिनीहरू आफ्नो घरमा लम्पसार (घोप्टे) परिहाले ।