የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር

የገፅ ቁጥር:close

external-link copy
38 : 11

وَیَصْنَعُ الْفُلْكَ ۫— وَكُلَّمَا مَرَّ عَلَیْهِ مَلَاٌ مِّنْ قَوْمِهٖ سَخِرُوْا مِنْهُ ؕ— قَالَ اِنْ تَسْخَرُوْا مِنَّا فَاِنَّا نَسْخَرُ مِنْكُمْ كَمَا تَسْخَرُوْنَ ۟ؕ

३८) तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो (उपहास) गर्नेछौं ।’’ info
التفاسير:

external-link copy
39 : 11

فَسَوْفَ تَعْلَمُوْنَ ۙ— مَنْ یَّاْتِیْهِ عَذَابٌ یُّخْزِیْهِ وَیَحِلُّ عَلَیْهِ عَذَابٌ مُّقِیْمٌ ۟

३९) तिमीलाई शीघ्र थाहा हुनेछ, कि कसमाथि सजाय आउँछ जसले कि उसलाई अपमानित गर्नेछ, र उसमाथि सधैं सजाय भइराख्नेछ ? info
التفاسير:

external-link copy
40 : 11

حَتّٰۤی اِذَا جَآءَ اَمْرُنَا وَفَارَ التَّنُّوْرُ ۙ— قُلْنَا احْمِلْ فِیْهَا مِنْ كُلٍّ زَوْجَیْنِ اثْنَیْنِ وَاَهْلَكَ اِلَّا مَنْ سَبَقَ عَلَیْهِ الْقَوْلُ وَمَنْ اٰمَنَ ؕ— وَمَاۤ اٰمَنَ مَعَهٗۤ اِلَّا قَلِیْلٌ ۟

४०) यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए । info
التفاسير:

external-link copy
41 : 11

وَقَالَ ارْكَبُوْا فِیْهَا بِسْمِ اللّٰهِ مَجْرٖىهَا وَمُرْسٰىهَا ؕ— اِنَّ رَبِّیْ لَغَفُوْرٌ رَّحِیْمٌ ۟

४१) नूहले भनेः ‘‘यस डुङ्गामा बसिहाल, अल्लाहको नामले यो हिंड्छ र रोकिन्छ । निःसन्देह मेरो पालनकर्ता ठूलो क्षमादाता, र निकै दयालु छ ।’’ info
التفاسير:

external-link copy
42 : 11

وَهِیَ تَجْرِیْ بِهِمْ فِیْ مَوْجٍ كَالْجِبَالِ ۫— وَنَادٰی نُوْحُ ١بْنَهٗ وَكَانَ فِیْ مَعْزِلٍ یّٰبُنَیَّ ارْكَبْ مَّعَنَا وَلَا تَكُنْ مَّعَ الْكٰفِرِیْنَ ۟

४२) त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरा ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’ info
التفاسير:

external-link copy
43 : 11

قَالَ سَاٰوِیْۤ اِلٰی جَبَلٍ یَّعْصِمُنِیْ مِنَ الْمَآءِ ؕ— قَالَ لَا عَاصِمَ الْیَوْمَ مِنْ اَمْرِ اللّٰهِ اِلَّا مَنْ رَّحِمَ ۚ— وَحَالَ بَیْنَهُمَا الْمَوْجُ فَكَانَ مِنَ الْمُغْرَقِیْنَ ۟

४३) उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको प्रकोपबाट बचाउनेवाला कोही छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ त्यतिखेरै दुवैको बीचमा छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेहरूमध्येको भइहाल्यो । info
التفاسير:

external-link copy
44 : 11

وَقِیْلَ یٰۤاَرْضُ ابْلَعِیْ مَآءَكِ وَیٰسَمَآءُ اَقْلِعِیْ وَغِیْضَ الْمَآءُ وَقُضِیَ الْاَمْرُ وَاسْتَوَتْ عَلَی الْجُوْدِیِّ وَقِیْلَ بُعْدًا لِّلْقَوْمِ الظّٰلِمِیْنَ ۟

४४) आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियो किः ‘‘अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’ info
التفاسير:

external-link copy
45 : 11

وَنَادٰی نُوْحٌ رَّبَّهٗ فَقَالَ رَبِّ اِنَّ ابْنِیْ مِنْ اَهْلِیْ وَاِنَّ وَعْدَكَ الْحَقُّ وَاَنْتَ اَحْكَمُ الْحٰكِمِیْنَ ۟

४५) नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम (शासक) हौ ।’’ info
التفاسير: