Bản dịch ý nghĩa nội dung Qur'an - 尼泊尔语翻译 - 圣训研究者协会

जिन्न

external-link copy
1 : 72

قُلْ اُوْحِیَ اِلَیَّ اَنَّهُ اسْتَمَعَ نَفَرٌ مِّنَ الْجِنِّ فَقَالُوْۤا اِنَّا سَمِعْنَا قُرْاٰنًا عَجَبًا ۟ۙ

१) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् कि मेरो पासमा वह्य आएको छ कि जिन्नहरूको एउटा समूहले (किताबलाई) सुनेर भन्न थाले कि हामीले एउटा आश्चर्य लाग्दो ‘‘कुरआन’’ सुन्यौं । info
التفاسير:

external-link copy
2 : 72

یَّهْدِیْۤ اِلَی الرُّشْدِ فَاٰمَنَّا بِهٖ ؕ— وَلَنْ نُّشْرِكَ بِرَبِّنَاۤ اَحَدًا ۟ۙ

२) जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं । (अब) हामीले आफ्नो पालनकर्तासँग कसैलाई कदापि साझेदार बनाउने छैनौं । info
التفاسير:

external-link copy
3 : 72

وَّاَنَّهٗ تَعٰلٰی جَدُّ رَبِّنَا مَا اتَّخَذَ صَاحِبَةً وَّلَا وَلَدًا ۟ۙ

३) र निश्चितरूपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनायो न कुनै सन्तान, info
التفاسير:

external-link copy
4 : 72

وَّاَنَّهٗ كَانَ یَقُوْلُ سَفِیْهُنَا عَلَی اللّٰهِ شَطَطًا ۟ۙ

४) र यो कि हामीमध्ये केही मूर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्, info
التفاسير:

external-link copy
5 : 72

وَّاَنَّا ظَنَنَّاۤ اَنْ لَّنْ تَقُوْلَ الْاِنْسُ وَالْجِنُّ عَلَی اللّٰهِ كَذِبًا ۟ۙ

५) र हामीले यो ठानेका थियौं कि मानिस र जिन्नहरू अल्लाहको बारेमा झूठ बोल्दैनन् । info
التفاسير:

external-link copy
6 : 72

وَّاَنَّهٗ كَانَ رِجَالٌ مِّنَ الْاِنْسِ یَعُوْذُوْنَ بِرِجَالٍ مِّنَ الْجِنِّ فَزَادُوْهُمْ رَهَقًا ۟ۙ

६) कुरो यो हो कि केही मानिसहरूले केही जिन्नहरूको शरण माँग्दथे, जसबाट उनको अटेरीपना झन् बढीहालेको थियो । info
التفاسير:

external-link copy
7 : 72

وَّاَنَّهُمْ ظَنُّوْا كَمَا ظَنَنْتُمْ اَنْ لَّنْ یَّبْعَثَ اللّٰهُ اَحَدًا ۟ۙ

७) र मानिसहरूले पनि तिमी जिन्नहरू जस्तै अनुमान गरेका थिए कि अल्लाहले कसैलाई पठाउने छैन, (वा पुर्नजीवित गर्नेछैन) । info
التفاسير:

external-link copy
8 : 72

وَّاَنَّا لَمَسْنَا السَّمَآءَ فَوَجَدْنٰهَا مُلِئَتْ حَرَسًا شَدِیْدًا وَّشُهُبًا ۟ۙ

८) र यो कि हामीहरूले आकाशमा चियायौं, त त्यसलाई बलिया पहरेदार र प्रज्वलित आगोले भरिएको पायौं, info
التفاسير:

external-link copy
9 : 72

وَّاَنَّا كُنَّا نَقْعُدُ مِنْهَا مَقَاعِدَ لِلسَّمْعِ ؕ— فَمَنْ یَّسْتَمِعِ الْاٰنَ یَجِدْ لَهٗ شِهَابًا رَّصَدًا ۟ۙ

९) र यो कि पहिला हामी आकाशका विभिन्न ठाउँहरूमा कुरा सुन्नको निम्ति बस्ने गर्दथ्यौं । त अहिले जो पनि कान लगाउँछ (थाप्छ) एक आगोको झिल्का आफ्नोतिर पाउँछ । info
التفاسير:

external-link copy
10 : 72

وَّاَنَّا لَا نَدْرِیْۤ اَشَرٌّ اُرِیْدَ بِمَنْ فِی الْاَرْضِ اَمْ اَرَادَ بِهِمْ رَبُّهُمْ رَشَدًا ۟ۙ

१०) र यो हामी जान्दैनौं कि तिनीहरूको साथ जो धरतीमा छन् नराम्रो कुराको इरादा गरिएको छ वा उनीहरूको पालनकर्ताले उनीहरूको लागि भलो गर्ने विचार गरेको छ । info
التفاسير:

external-link copy
11 : 72

وَّاَنَّا مِنَّا الصّٰلِحُوْنَ وَمِنَّا دُوْنَ ذٰلِكَ ؕ— كُنَّا طَرَآىِٕقَ قِدَدًا ۟ۙ

११) र यो कि हामीमध्ये कोही नेक (सत्कर्मी) छन् र कोही विपरित प्रकारको (दुष्कर्मी) पनि छन् । हामी विभिन्न किसिमले बाँडिएका छौं, info
التفاسير:

external-link copy
12 : 72

وَّاَنَّا ظَنَنَّاۤ اَنْ لَّنْ نُّعْجِزَ اللّٰهَ فِی الْاَرْضِ وَلَنْ نُّعْجِزَهٗ هَرَبًا ۟ۙ

१२) र (यो कि) हामीले विश्वास गरिसकेकाछौं कि हामी धरतीमा अल्लाहलाई पराजित गर्न सक्दैनौ र नभागेर उसलाई थकाउन सक्छौं, info
التفاسير:

external-link copy
13 : 72

وَّاَنَّا لَمَّا سَمِعْنَا الْهُدٰۤی اٰمَنَّا بِهٖ ؕ— فَمَنْ یُّؤْمِنْ بِرَبِّهٖ فَلَا یَخَافُ بَخْسًا وَّلَا رَهَقًا ۟ۙ

१३) र हामीले त मार्गदर्शन (को किताब) सुन्यौं, त त्यसमाथि ईमान ल्याइहाल्यौं र जसले आफ्नो पालनकर्तामाथि ईमान ल्याउँनेछ उसलाई न कुनै हानिको डर हुन्छ, न अत्याचारको, info
التفاسير:

external-link copy
14 : 72

وَّاَنَّا مِنَّا الْمُسْلِمُوْنَ وَمِنَّا الْقٰسِطُوْنَ ؕ— فَمَنْ اَسْلَمَ فَاُولٰٓىِٕكَ تَحَرَّوْا رَشَدًا ۟

१४) र यो कि हामीमध्ये केही आज्ञाकारी छन् र केही अवज्ञाकारी छन्, तसर्थ जो आज्ञाकारी भए, उनीहरू त सोझो मार्गमा हिंडे, info
التفاسير:

external-link copy
15 : 72

وَاَمَّا الْقٰسِطُوْنَ فَكَانُوْا لِجَهَنَّمَ حَطَبًا ۟ۙ

१५) र जो पापी (अपराधी) भए उनीहरू नर्कको इन्धन बन्न पुगे, info
التفاسير:

external-link copy
16 : 72

وَّاَنْ لَّوِ اسْتَقَامُوْا عَلَی الطَّرِیْقَةِ لَاَسْقَیْنٰهُمْ مَّآءً غَدَقًا ۟ۙ

१६) र (हे पैगम्बर ! यो पनि उनीहरूसित भनिदिनुस्) कि यदि यिनीहरू सोझो मार्गमा रहेको भए हामीले उनीहरूको निम्ति पिउनको लागि प्रशस्त पानी दिन्थ्यौं, info
التفاسير:

external-link copy
17 : 72

لِّنَفْتِنَهُمْ فِیْهِ ؕ— وَمَنْ یُّعْرِضْ عَنْ ذِكْرِ رَبِّهٖ یَسْلُكْهُ عَذَابًا صَعَدًا ۟ۙ

१७) ताकि यसबाट उनको परीक्षा गरौं र जुन मानिसले आफ्नो पालनकर्ताको स्मरणबाट मुख फर्काउनेछ, अल्लाहले उसलाई दुःखद यातनामा प्रविष्ट गर्नेछ, info
التفاسير:

external-link copy
18 : 72

وَّاَنَّ الْمَسٰجِدَ لِلّٰهِ فَلَا تَدْعُوْا مَعَ اللّٰهِ اَحَدًا ۟ۙ

१८) र यो कि मस्जिदहरू अल्लाहकै लागि मात्र हुन्, तसर्थ अल्लाहसँग कसै अरुको पूजा नगर, info
التفاسير:

external-link copy
19 : 72

وَّاَنَّهٗ لَمَّا قَامَ عَبْدُ اللّٰهِ یَدْعُوْهُ كَادُوْا یَكُوْنُوْنَ عَلَیْهِ لِبَدًا ۟ؕ۠

१९) र जब अल्लाहका भक्त (मुहम्मद), उसको पूजाको निम्ति उभे त काफिरहरूले उनलाई चारैतर्फबाट घेरी उनीमाथि आक्रमण गर्नेवाला थिए । info
التفاسير:

external-link copy
20 : 72

قُلْ اِنَّمَاۤ اَدْعُوْا رَبِّیْ وَلَاۤ اُشْرِكُ بِهٖۤ اَحَدًا ۟

२०) भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई सहभागी बनाउँदिन । info
التفاسير:

external-link copy
21 : 72

قُلْ اِنِّیْ لَاۤ اَمْلِكُ لَكُمْ ضَرًّا وَّلَا رَشَدًا ۟

२१) यो पनि भनिदेऊः कि मलाई तिम्रो हकमा नाफा नोक्सानको कुनै अधिकार छैन, info
التفاسير:

external-link copy
22 : 72

قُلْ اِنِّیْ لَنْ یُّجِیْرَنِیْ مِنَ اللّٰهِ اَحَدٌ ۙ۬— وَّلَنْ اَجِدَ مِنْ دُوْنِهٖ مُلْتَحَدًا ۟ۙ

२२) यो पनि भनिदिनुस् कि अल्लाह (को यातना) बाट मलाई कसैले बचाउन सक्दैन र म ऊ बाहेक अन्य कतै शरणको ठाउँ देख्दिन, info
التفاسير:

external-link copy
23 : 72

اِلَّا بَلٰغًا مِّنَ اللّٰهِ وَرِسٰلٰتِهٖ ؕ— وَمَنْ یَّعْصِ اللّٰهَ وَرَسُوْلَهٗ فَاِنَّ لَهٗ نَارَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ۟ؕ

२३) हो, अल्लाहको तर्फबाट आदेशहरू र उसको सन्देशहरू पुर्याउने काम (नै मेरो जिम्मामा छ) र जुन मानिसले अल्लाह र उसको पैगम्बरको अवज्ञा गर्नेछ त यस्ताको लागि जहन्नमको (नर्कको) आगो छ, तिनी सधैं त्यसमा रहनेछन्, info
التفاسير:

external-link copy
24 : 72

حَتّٰۤی اِذَا رَاَوْا مَا یُوْعَدُوْنَ فَسَیَعْلَمُوْنَ مَنْ اَضْعَفُ نَاصِرًا وَّاَقَلُّ عَدَدًا ۟

२४) यहाँसम्म कि अब यिनीहरूले त्यो (दिन) देखिहाल्नेछन्, जसको उनीसित वाचा गरिएको थियो, तब उनलाई थाहा भइहाल्ने छ कि कसका सहायकहरू कमजोर र कसको संख्या थोरै छ, info
التفاسير:

external-link copy
25 : 72

قُلْ اِنْ اَدْرِیْۤ اَقَرِیْبٌ مَّا تُوْعَدُوْنَ اَمْ یَجْعَلُ لَهٗ رَبِّیْۤ اَمَدًا ۟

२५) भनिदिनुस् कि जुन तिमीसित वाचा गरिन्छ, मलाई थाहा छैन कि त्यो नजिक छ वा मेरो पालनकर्ताले त्यसको अवधि लामो गरिदिएको छ, info
التفاسير:

external-link copy
26 : 72

عٰلِمُ الْغَیْبِ فَلَا یُظْهِرُ عَلٰی غَیْبِهٖۤ اَحَدًا ۟ۙ

२६) ऊ अदृश्य जान्नेवाला छ र कसैलाई आफ्नो परोक्षको कुरा प्रकट गर्दैन, info
التفاسير:

external-link copy
27 : 72

اِلَّا مَنِ ارْتَضٰی مِنْ رَّسُوْلٍ فَاِنَّهٗ یَسْلُكُ مِنْ بَیْنِ یَدَیْهِ وَمِنْ خَلْفِهٖ رَصَدًا ۟ۙ

२७) हो, जुन पैगम्बरलाई रुचाउँछ, उस बाहेक, तर उनको अगाडि र पछाडि पनि रक्षकहरू खटाइदिन्छ, info
التفاسير:

external-link copy
28 : 72

لِّیَعْلَمَ اَنْ قَدْ اَبْلَغُوْا رِسٰلٰتِ رَبِّهِمْ وَاَحَاطَ بِمَا لَدَیْهِمْ وَاَحْصٰی كُلَّ شَیْءٍ عَدَدًا ۟۠

२८) ताकि जानकारी लियोस् कि उनीहरूले आफ्नो पालनकर्ताको सन्देश पुर्याइदिएका छन् र उसले उनीहरूका सबै कुराहरूलाई नियन्त्रित गरेको छ र हरेक कुरालाई गनिसकेको छ । info
التفاسير: