Bản dịch ý nghĩa nội dung Qur'an - 尼泊尔语翻译 - 圣训研究者协会

Số trang:close

external-link copy
78 : 5

لُعِنَ الَّذِیْنَ كَفَرُوْا مِنْ بَنِیْۤ اِسْرَآءِیْلَ عَلٰی لِسَانِ دَاوٗدَ وَعِیْسَی ابْنِ مَرْیَمَ ؕ— ذٰلِكَ بِمَا عَصَوْا وَّكَانُوْا یَعْتَدُوْنَ ۟

७८) बनी इस्राईलमध्येबाट जुन मानिसहरू काफिर भइहाले, तिनीहरूमाथि दाऊद र ईसा बिन मरियमद्वारा धिक्कार गरियो, यो यस कारणले कि तिनीहरूले आज्ञा उल्लंघन गर्दथे र सीमा नाघिसकेका थिए । info
التفاسير:

external-link copy
79 : 5

كَانُوْا لَا یَتَنَاهَوْنَ عَنْ مُّنْكَرٍ فَعَلُوْهُ ؕ— لَبِئْسَ مَا كَانُوْا یَفْعَلُوْنَ ۟

७९) र नराम्रा कामहरूबाट एकअर्कालार्इ रोक्दैनथे जुनकि तिनीहरूले गर्दथे, निःसन्देह तिनीहरू नितान्त दुष्कर्म गर्दथे । info
التفاسير:

external-link copy
80 : 5

تَرٰی كَثِیْرًا مِّنْهُمْ یَتَوَلَّوْنَ الَّذِیْنَ كَفَرُوْا ؕ— لَبِئْسَ مَا قَدَّمَتْ لَهُمْ اَنْفُسُهُمْ اَنْ سَخِطَ اللّٰهُ عَلَیْهِمْ وَفِی الْعَذَابِ هُمْ خٰلِدُوْنَ ۟

८०) तपाईंले तिनीहरूमध्ये धेरैलाई देख्नु हुनेछ कि तिनीहरू काफिरहरूसँग मैत्री सम्बन्ध राख्दछन् । तिनीहरू जे जति आफ्नो निम्ति अगाडि पठाएका छन् नराम्रो छ, अल्लाह तिनीहरूसँग अप्रसन्न भयो, र तिनीहरू सधैं सजाय भोगिराख्ने छन् । info
التفاسير:

external-link copy
81 : 5

وَلَوْ كَانُوْا یُؤْمِنُوْنَ بِاللّٰهِ وَالنَّبِیِّ وَمَاۤ اُنْزِلَ اِلَیْهِ مَا اتَّخَذُوْهُمْ اَوْلِیَآءَ وَلٰكِنَّ كَثِیْرًا مِّنْهُمْ فٰسِقُوْنَ ۟

८१) यदि तिनीहरूले अल्लाहमाथि र उसको पैगम्बर र जुन किताब तिनीहरूलाई प्रदान गरिएका थिए तिनीमाथि विश्वास गरेको भए, तिनीहरूलाई आफ्ना मित्र बनाउने थिएनन्, तर तिनीहरूमध्ये धेरै दुष्कर्मी छन् । info
التفاسير:

external-link copy
82 : 5

لَتَجِدَنَّ اَشَدَّ النَّاسِ عَدَاوَةً لِّلَّذِیْنَ اٰمَنُوا الْیَهُوْدَ وَالَّذِیْنَ اَشْرَكُوْا ۚ— وَلَتَجِدَنَّ اَقْرَبَهُمْ مَّوَدَّةً لِّلَّذِیْنَ اٰمَنُوا الَّذِیْنَ قَالُوْۤا اِنَّا نَصٰرٰی ؕ— ذٰلِكَ بِاَنَّ مِنْهُمْ قِسِّیْسِیْنَ وَرُهْبَانًا وَّاَنَّهُمْ لَا یَسْتَكْبِرُوْنَ ۟

८२) (हे पैगम्बर,) तपाईंले मोमिनहरूसँग धेरै शत्रुता गर्ने यहूदी र मुश्रिकहरूलाई पाउनुहुनेछ र मित्रताको दृष्टिकोणले मोमिनहरूको नजिकमा ती मानिसहरूलाई पाउनुहुनेछ जसले आफूलाई ‘‘नसारा (ईसाई)’’ भन्छन् । यो यसकारणले हो कि तिनीहरूमा विद्वान पनि छन् र धर्मविद् पनि र तिनीहरूले घमण्ड गर्दैनन् । info
التفاسير:

external-link copy
83 : 5

وَاِذَا سَمِعُوْا مَاۤ اُنْزِلَ اِلَی الرَّسُوْلِ تَرٰۤی اَعْیُنَهُمْ تَفِیْضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوْا مِنَ الْحَقِّ ۚ— یَقُوْلُوْنَ رَبَّنَاۤ اٰمَنَّا فَاكْتُبْنَا مَعَ الشّٰهِدِیْنَ ۟

८३) जब उनीहरू पैगम्बरमाथि अवतरित (भएको किताबका कुराहरू) सुन्दछन् तब तिमीले देख्नेछौ कि उनीहरूको आँखा आँसुले भरिएका लाग्दछन् । यसकारण कि उनीहरू सत्यको पहिचान गरिसके, उनीहरू भन्दछन् ‘‘हे हाम्रो पालनकर्ता ! हामीले ईमान ल्यायौं ।’’ अतः तपाईं हाम्रा नाम पनि गवाही दिनेवालाहरूको नामसित लेखिहाल्नुस् । info
التفاسير: