Bản dịch ý nghĩa nội dung Qur'an - 尼泊尔语翻译 - 圣训研究者协会

Số trang:close

external-link copy
13 : 20

وَاَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا یُوْحٰی ۟

१३) र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन । info
التفاسير:

external-link copy
14 : 20

اِنَّنِیْۤ اَنَا اللّٰهُ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاعْبُدْنِیْ ۙ— وَاَقِمِ الصَّلٰوةَ لِذِكْرِیْ ۟

१४) निःसन्देह म नै अल्लाह हूँ, म बाहेक अरु कोही सत्य पूज्य छैन, तसर्थ, तिमीले मेरो उपासना गर्नेगर र मेरो स्मरणको निम्ति नमाज पढ्नेगर । info
التفاسير:

external-link copy
15 : 20

اِنَّ السَّاعَةَ اٰتِیَةٌ اَكَادُ اُخْفِیْهَا لِتُجْزٰی كُلُّ نَفْسٍ بِمَا تَسْعٰی ۟

१५) निश्चय नै कियामत आउनेवाला छ, जसलाई म गोप्य राख्न चाहन्छु ताकि प्रत्येक मानिसलाई त्यो प्रतिफल प्रदान गरियोस् जसको उसले प्रयास गरेको छ । info
التفاسير:

external-link copy
16 : 20

فَلَا یَصُدَّنَّكَ عَنْهَا مَنْ لَّا یُؤْمِنُ بِهَا وَاتَّبَعَ هَوٰىهُ فَتَرْدٰی ۟

१६) अतः अब त्यसको विश्वासबाट तिमीलाई कुनै यस्तो व्यक्तिले नरोकोस् जसले कि यसमा आस्था राख्दैन र आफ्नो इच्छाको पूर्तिमा लागेको छ, अन्यथा तिमी नष्ट भइहाल्नेछौ । info
التفاسير:

external-link copy
17 : 20

وَمَا تِلْكَ بِیَمِیْنِكَ یٰمُوْسٰی ۟

१७) हे मूसा ‘‘तिम्रो यस दायाँ हातमा के छ’’ ? info
التفاسير:

external-link copy
18 : 20

قَالَ هِیَ عَصَایَ ۚ— اَتَوَكَّؤُا عَلَیْهَا وَاَهُشُّ بِهَا عَلٰی غَنَمِیْ وَلِیَ فِیْهَا مَاٰرِبُ اُخْرٰی ۟

१८) उनले (मूसाले) जवाफ दिए कि ‘‘यो मेरो लठ्ठी हो । म यसमा अडेस लगाउछु र यसबाट आफ्नो बाख्राहरूको निम्ति पातहरू झार्छु र यसबाट मेरा अन्य आवश्यकताहरू पनि पूरा हुन्छन् ।’’ info
التفاسير:

external-link copy
19 : 20

قَالَ اَلْقِهَا یٰمُوْسٰی ۟

१९) आदेश भयो, ‘‘हे मूसा त्यसलाई हातबाट तल खसालिदेऊ’’ । info
التفاسير:

external-link copy
20 : 20

فَاَلْقٰىهَا فَاِذَا هِیَ حَیَّةٌ تَسْعٰی ۟

२०) खसाल्ने बित्तिकै त्यो सर्प बनेर चल्न थाल्यो । info
التفاسير:

external-link copy
21 : 20

قَالَ خُذْهَا وَلَا تَخَفْ ۫— سَنُعِیْدُهَا سِیْرَتَهَا الْاُوْلٰی ۟

२१) आदेश भयो ‘‘निर्भीक भई त्यसलाई समातिहाल, हामीले यसलाई त्यही पहिलेकै अवस्थामा ल्याइदिनेछौं’’ । info
التفاسير:

external-link copy
22 : 20

وَاضْمُمْ یَدَكَ اِلٰی جَنَاحِكَ تَخْرُجْ بَیْضَآءَ مِنْ غَیْرِ سُوْٓءٍ اٰیَةً اُخْرٰی ۟ۙ

२२) र आफ्नो हात आफ्नो छेउमा राख, अनि त्यो बिना कुनै अवगुण चम्किदै अर्को चमत्कारको रूपमा निस्कनेछ । info
التفاسير:

external-link copy
23 : 20

لِنُرِیَكَ مِنْ اٰیٰتِنَا الْكُبْرٰی ۟ۚ

२३) यो यसकारण कि हामीले आफ्ना ठूला ठूला निशानीहरू तिमीलाई देखाउन चाहन्छौं । info
التفاسير:

external-link copy
24 : 20

اِذْهَبْ اِلٰی فِرْعَوْنَ اِنَّهٗ طَغٰی ۟۠

२४) अब तिमी फिरऔनकहाँ जाऊ उसले ठूलो उत्पात मचाइरहेको छ । info
التفاسير:

external-link copy
25 : 20

قَالَ رَبِّ اشْرَحْ لِیْ صَدْرِیْ ۟ۙ

२५) (मूसाले भने) मेरो पालनकर्ता मेरो छाती मेरो निम्ति खोलिदेऊ । info
التفاسير:

external-link copy
26 : 20

وَیَسِّرْ لِیْۤ اَمْرِیْ ۟ۙ

२६) र मेरो काम मेरो निम्ति सजिलो बनाइदेऊ । info
التفاسير:

external-link copy
27 : 20

وَاحْلُلْ عُقْدَةً مِّنْ لِّسَانِیْ ۟ۙ

२७) र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ । info
التفاسير:

external-link copy
28 : 20

یَفْقَهُوْا قَوْلِیْ ۪۟

२८) जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् । info
التفاسير:

external-link copy
29 : 20

وَاجْعَلْ لِّیْ وَزِیْرًا مِّنْ اَهْلِیْ ۟ۙ

२९) र मेरो घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ । info
التفاسير:

external-link copy
30 : 20

هٰرُوْنَ اَخِی ۟ۙ

३०) मेरो भाइ हारूनालाई । info
التفاسير:

external-link copy
31 : 20

اشْدُدْ بِهٖۤ اَزْرِیْ ۟ۙ

३१) उसबाट मेरो शक्ति सुदृढ गर । info
التفاسير:

external-link copy
32 : 20

وَاَشْرِكْهُ فِیْۤ اَمْرِیْ ۟ۙ

३२) र उसलाई मेरो काममा शामेल (सहभागी) गराइदेऊ, info
التفاسير:

external-link copy
33 : 20

كَیْ نُسَبِّحَكَ كَثِیْرًا ۟ۙ

३३) जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं । info
التفاسير:

external-link copy
34 : 20

وَّنَذْكُرَكَ كَثِیْرًا ۟ؕ

३४) र तिमीलाई हामीले धेरै याद गरौं । info
التفاسير:

external-link copy
35 : 20

اِنَّكَ كُنْتَ بِنَا بَصِیْرًا ۟

३५) निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ । info
التفاسير:

external-link copy
36 : 20

قَالَ قَدْ اُوْتِیْتَ سُؤْلَكَ یٰمُوْسٰی ۟

३६) अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो । info
التفاسير:

external-link copy
37 : 20

وَلَقَدْ مَنَنَّا عَلَیْكَ مَرَّةً اُخْرٰۤی ۟ۙ

३७) हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं । info
التفاسير: