แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ

หมายเลข​หน้า​:close

external-link copy
77 : 56

اِنَّهٗ لَقُرْاٰنٌ كَرِیْمٌ ۟ۙ

७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो, info
التفاسير:

external-link copy
78 : 56

فِیْ كِتٰبٍ مَّكْنُوْنٍ ۟ۙ

७८) जो एउटा सुरक्षित किताबमा अंकित छ । info
التفاسير:

external-link copy
79 : 56

لَّا یَمَسُّهٗۤ اِلَّا الْمُطَهَّرُوْنَ ۟ؕ

७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् । info
التفاسير:

external-link copy
80 : 56

تَنْزِیْلٌ مِّنْ رَّبِّ الْعٰلَمِیْنَ ۟

८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ । info
التفاسير:

external-link copy
81 : 56

اَفَبِهٰذَا الْحَدِیْثِ اَنْتُمْ مُّدْهِنُوْنَ ۟ۙ

८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ? info
التفاسير:

external-link copy
82 : 56

وَتَجْعَلُوْنَ رِزْقَكُمْ اَنَّكُمْ تُكَذِّبُوْنَ ۟

८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ? info
التفاسير:

external-link copy
83 : 56

فَلَوْلَاۤ اِذَا بَلَغَتِ الْحُلْقُوْمَ ۟ۙ

८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ, info
التفاسير:

external-link copy
84 : 56

وَاَنْتُمْ حِیْنَىِٕذٍ تَنْظُرُوْنَ ۟ۙ

८४) र तिमीले त्यस समय आखाँले हेरिराखेका हुन्छौ, info
التفاسير:

external-link copy
85 : 56

وَنَحْنُ اَقْرَبُ اِلَیْهِ مِنْكُمْ وَلٰكِنْ لَّا تُبْصِرُوْنَ ۟

८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ । info
التفاسير:

external-link copy
86 : 56

فَلَوْلَاۤ اِنْ كُنْتُمْ غَیْرَ مَدِیْنِیْنَ ۟ۙ

८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ । info
التفاسير:

external-link copy
87 : 56

تَرْجِعُوْنَهَاۤ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

८७) र यस कुरामा यदि साँचो हौ, भने यस प्राणलाई किन फर्काउँदैनौ ? info
التفاسير:

external-link copy
88 : 56

فَاَمَّاۤ اِنْ كَانَ مِنَ الْمُقَرَّبِیْنَ ۟ۙ

८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको छ । info
التفاسير:

external-link copy
89 : 56

فَرَوْحٌ وَّرَیْحَانٌ ۙ۬— وَّجَنَّتُ نَعِیْمٍ ۟

८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् । info
التفاسير:

external-link copy
90 : 56

وَاَمَّاۤ اِنْ كَانَ مِنْ اَصْحٰبِ الْیَمِیْنِ ۟ۙ

९०) र यदि ऊ दाहिने हातावालामध्येको छ भने, info
التفاسير:

external-link copy
91 : 56

فَسَلٰمٌ لَّكَ مِنْ اَصْحٰبِ الْیَمِیْنِ ۟

९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ । info
التفاسير:

external-link copy
92 : 56

وَاَمَّاۤ اِنْ كَانَ مِنَ الْمُكَذِّبِیْنَ الضَّآلِّیْنَ ۟ۙ

९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको हो, info
التفاسير:

external-link copy
93 : 56

فَنُزُلٌ مِّنْ حَمِیْمٍ ۟ۙ

९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ, info
التفاسير:

external-link copy
94 : 56

وَّتَصْلِیَةُ جَحِیْمٍ ۟

९४) र (फेरि) नर्कमा जानु छ । info
التفاسير:

external-link copy
95 : 56

اِنَّ هٰذَا لَهُوَ حَقُّ الْیَقِیْنِ ۟ۚ

९५) निःसन्देह यो (खबर) पूरै सत्य हो । info
التفاسير:

external-link copy
96 : 56

فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِیْمِ ۟۠

९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख । info
التفاسير: