แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ

हुजुरात

external-link copy
1 : 49

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تُقَدِّمُوْا بَیْنَ یَدَیِ اللّٰهِ وَرَسُوْلِهٖ وَاتَّقُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ عَلِیْمٌ ۟

१) हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु र अल्लाहसित डराउँदै गर । निश्चय नै अल्लाह सर्वश्रोता सर्वज्ञानी छ । info
التفاسير:

external-link copy
2 : 49

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَرْفَعُوْۤا اَصْوَاتَكُمْ فَوْقَ صَوْتِ النَّبِیِّ وَلَا تَجْهَرُوْا لَهٗ بِالْقَوْلِ كَجَهْرِ بَعْضِكُمْ لِبَعْضٍ اَنْ تَحْبَطَ اَعْمَالُكُمْ وَاَنْتُمْ لَا تَشْعُرُوْنَ ۟

२) हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रा कर्महरू खेर गइहालुन् र तिमीलाई त्यसको खबर पनि नहोस् । info
التفاسير:

external-link copy
3 : 49

اِنَّ الَّذِیْنَ یَغُضُّوْنَ اَصْوَاتَهُمْ عِنْدَ رَسُوْلِ اللّٰهِ اُولٰٓىِٕكَ الَّذِیْنَ امْتَحَنَ اللّٰهُ قُلُوْبَهُمْ لِلتَّقْوٰی ؕ— لَهُمْ مَّغْفِرَةٌ وَّاَجْرٌ عَظِیْمٌ ۟

३) जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँचिलिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ । info
التفاسير:

external-link copy
4 : 49

اِنَّ الَّذِیْنَ یُنَادُوْنَكَ مِنْ وَّرَآءِ الْحُجُرٰتِ اَكْثَرُهُمْ لَا یَعْقِلُوْنَ ۟

४) (हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन् । उनीहरूमध्ये धेरै मूर्ख छन् । info
التفاسير: