แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ

หมายเลข​หน้า​:close

external-link copy
51 : 28

وَلَقَدْ وَصَّلْنَا لَهُمُ الْقَوْلَ لَعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟ؕ

५१) र हामीले एकपछि अर्को निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् । info
التفاسير:

external-link copy
52 : 28

اَلَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ مِنْ قَبْلِهٖ هُمْ بِهٖ یُؤْمِنُوْنَ ۟

५२) जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि आस्था राख्दछन् । info
التفاسير:

external-link copy
53 : 28

وَاِذَا یُتْلٰی عَلَیْهِمْ قَالُوْۤا اٰمَنَّا بِهٖۤ اِنَّهُ الْحَقُّ مِنْ رَّبِّنَاۤ اِنَّا كُنَّا مِنْ قَبْلِهٖ مُسْلِمِیْنَ ۟

५३) र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं । info
التفاسير:

external-link copy
54 : 28

اُولٰٓىِٕكَ یُؤْتَوْنَ اَجْرَهُمْ مَّرَّتَیْنِ بِمَا صَبَرُوْا وَیَدْرَءُوْنَ بِالْحَسَنَةِ السَّیِّئَةَ وَمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟

५४) यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् । info
التفاسير:

external-link copy
55 : 28

وَاِذَا سَمِعُوا اللَّغْوَ اَعْرَضُوْا عَنْهُ وَقَالُوْا لَنَاۤ اَعْمَالُنَا وَلَكُمْ اَعْمَالُكُمْ ؗ— سَلٰمٌ عَلَیْكُمْ ؗ— لَا نَبْتَغِی الْجٰهِلِیْنَ ۟

५५) र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं । info
التفاسير:

external-link copy
56 : 28

اِنَّكَ لَا تَهْدِیْ مَنْ اَحْبَبْتَ وَلٰكِنَّ اللّٰهَ یَهْدِیْ مَنْ یَّشَآءُ ۚ— وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟

५६) (हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
57 : 28

وَقَالُوْۤا اِنْ نَّتَّبِعِ الْهُدٰی مَعَكَ نُتَخَطَّفْ مِنْ اَرْضِنَا ؕ— اَوَلَمْ نُمَكِّنْ لَّهُمْ حَرَمًا اٰمِنًا یُّجْبٰۤی اِلَیْهِ ثَمَرٰتُ كُلِّ شَیْءٍ رِّزْقًا مِّنْ لَّدُنَّا وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟

५७) उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् । info
التفاسير:

external-link copy
58 : 28

وَكَمْ اَهْلَكْنَا مِنْ قَرْیَةٍ بَطِرَتْ مَعِیْشَتَهَا ۚ— فَتِلْكَ مَسٰكِنُهُمْ لَمْ تُسْكَنْ مِّنْ بَعْدِهِمْ اِلَّا قَلِیْلًا ؕ— وَكُنَّا نَحْنُ الْوٰرِثِیْنَ ۟

५८) र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी (वारिस) । info
التفاسير:

external-link copy
59 : 28

وَمَا كَانَ رَبُّكَ مُهْلِكَ الْقُرٰی حَتّٰی یَبْعَثَ فِیْۤ اُمِّهَا رَسُوْلًا یَّتْلُوْا عَلَیْهِمْ اٰیٰتِنَا ۚ— وَمَا كُنَّا مُهْلِكِی الْقُرٰۤی اِلَّا وَاَهْلُهَا ظٰلِمُوْنَ ۟

५९) र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् । info
التفاسير: