แปล​ความหมาย​อัลกุรอาน​ - คำแปลภาษาเนปาล - สมาคมอะห์ลุลหะดีษ

หมายเลข​หน้า​:close

external-link copy
99 : 20

كَذٰلِكَ نَقُصُّ عَلَیْكَ مِنْ اَنْۢبَآءِ مَا قَدْ سَبَقَ ۚ— وَقَدْ اٰتَیْنٰكَ مِنْ لَّدُنَّا ذِكْرًا ۟ۖۚ

९९) यस प्रकार हामीले तिमीलाई विगतका वृतान्त सुनाउँदैछौं, र हामीले निश्चिय नै तिमीलाई आफ्नो तर्फबाट एक मार्गदर्शन प्रदान गरिसकेका छौं । info
التفاسير:

external-link copy
100 : 20

مَنْ اَعْرَضَ عَنْهُ فَاِنَّهٗ یَحْمِلُ یَوْمَ الْقِیٰمَةِ وِزْرًا ۟ۙ

१००) जुन मानिस यसबाट विमुख हुन्छ, त्यसले कियामतको दिन आफ्नो गरुङ्गो बोझ उठाइरहनेछ । info
التفاسير:

external-link copy
101 : 20

خٰلِدِیْنَ فِیْهِ ؕ— وَسَآءَ لَهُمْ یَوْمَ الْقِیٰمَةِ حِمْلًا ۟ۙ

१०१) सधैं सोहीमा रहनेछन् । र यो बोझ कियामतको दिन तिनीहरूको निम्ति नराम्रो हुनेछ । info
التفاسير:

external-link copy
102 : 20

یَّوْمَ یُنْفَخُ فِی الصُّوْرِ وَنَحْشُرُ الْمُجْرِمِیْنَ یَوْمَىِٕذٍ زُرْقًا ۟

१०२) जुन दिन सूर (सिंगा) फूँकिनेछ र हामीले पापीहरूलाई एकत्रित गर्नेछौं र (डरले) तिनीहरूका आँखा निला र पहेलो हुनेछन् । info
التفاسير:

external-link copy
103 : 20

یَّتَخَافَتُوْنَ بَیْنَهُمْ اِنْ لَّبِثْتُمْ اِلَّا عَشْرًا ۟

१०३) तिनीहरू आपसमा एक अर्कासित बिस्तारै भन्नेछन् कि हामी त (संसारमा) मात्र दश दिन बसेका थियौं । info
التفاسير:

external-link copy
104 : 20

نَحْنُ اَعْلَمُ بِمَا یَقُوْلُوْنَ اِذْ یَقُوْلُ اَمْثَلُهُمْ طَرِیْقَةً اِنْ لَّبِثْتُمْ اِلَّا یَوْمًا ۟۠

१०४) जुन कुरा यिनीहरूले गर्दैछन्, त्यसको वास्तविकतासँग हामी राम्ररी परिचित छौं । त्यसबेला तिनीहरूमध्ये सबभन्दा राम्रो मार्गमा हिँड्नेवालाले भन्नेछ कि होइन, बरु एकदिन मात्र बसेका थियौं । info
التفاسير:

external-link copy
105 : 20

وَیَسْـَٔلُوْنَكَ عَنِ الْجِبَالِ فَقُلْ یَنْسِفُهَا رَبِّیْ نَسْفًا ۟ۙ

१०५) तिनीहरू तपाईसित पहाडहरूको बारेमा सोध्छन्, भनीदिनुस् कि अल्लाहले तिनीहरूलाई साना–साना कणहरू पारी छरिदिनेछ । info
التفاسير:

external-link copy
106 : 20

فَیَذَرُهَا قَاعًا صَفْصَفًا ۟ۙ

१०६) र धरतीलाई एउटा समतल मैदान बनाई छाडिदिनेछ । info
التفاسير:

external-link copy
107 : 20

لَّا تَرٰی فِیْهَا عِوَجًا وَّلَاۤ اَمْتًا ۟ؕ

१०७) जसमा तिमीले न कहिँ मोड (बाङो टिङ्गो) देख्नेछौ नत ओरालो उकालो । info
التفاسير:

external-link copy
108 : 20

یَوْمَىِٕذٍ یَّتَّبِعُوْنَ الدَّاعِیَ لَا عِوَجَ لَهٗ ۚ— وَخَشَعَتِ الْاَصْوَاتُ لِلرَّحْمٰنِ فَلَا تَسْمَعُ اِلَّا هَمْسًا ۟

१०८) जुन दिन मानिसहरू एउटा पुकार गर्नेवालाको पछि हिड्नेछन् र उसको अनुशरणबाट कोही कति पनि पन्छिन सक्नेछैन र अल्लाहको अगाडि सबै आवाजहरू दबिरहनेछन्, एउटा कानेखुसी बाहेक केही सुन्ने छैनौ । info
التفاسير:

external-link copy
109 : 20

یَوْمَىِٕذٍ لَّا تَنْفَعُ الشَّفَاعَةُ اِلَّا مَنْ اَذِنَ لَهُ الرَّحْمٰنُ وَرَضِیَ لَهٗ قَوْلًا ۟

१०९) त्यसदिन सिफारिश केही फाइदा पुर्याउने छैन, तर त्यस व्यक्ति बाहेक जसलाई अल्लाहले इजाजत (अनुमति) प्रदान गर्दछ र उसको कुरा मनपराउनेछ । info
التفاسير:

external-link copy
110 : 20

یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَلَا یُحِیْطُوْنَ بِهٖ عِلْمًا ۟

११०) जे जति उनीहरूको अगाडि पछाडि छ, अल्लाह त्यो सबै जान्दछ कुनै प्रणीको ज्ञान उसमाथि हावी हुनसक्दैन । info
التفاسير:

external-link copy
111 : 20

وَعَنَتِ الْوُجُوْهُ لِلْحَیِّ الْقَیُّوْمِ ؕ— وَقَدْ خَابَ مَنْ حَمَلَ ظُلْمًا ۟

१११) सबै अनुहारहरू त्यस अविनाशी सधैं कायम रहने वर्चस्वता सम्पन्न अल्लाहको अगाडि ब्याकुल भएर निहुरिएको हुनेछन् । निःसन्देह असफल त्यो भयो जसले अत्याचारको बोझ उठायो । info
التفاسير:

external-link copy
112 : 20

وَمَنْ یَّعْمَلْ مِنَ الصّٰلِحٰتِ وَهُوَ مُؤْمِنٌ فَلَا یَخٰفُ ظُلْمًا وَّلَا هَضْمًا ۟

११२) र जसले असल काम गर्नेछ र मोमिन पनि हुनेछ, त त्यसलाई न अन्यायको डर हुनेछ र न नोक्सानीको । info
التفاسير:

external-link copy
113 : 20

وَكَذٰلِكَ اَنْزَلْنٰهُ قُرْاٰنًا عَرَبِیًّا وَّصَرَّفْنَا فِیْهِ مِنَ الْوَعِیْدِ لَعَلَّهُمْ یَتَّقُوْنَ اَوْ یُحْدِثُ لَهُمْ ذِكْرًا ۟

११३) यसप्रकार हामीले तिमीलाई अरबी कुरआनको रूपमा अवतरित गरेका छौं र हामीले यसमा विभिन्न प्रकारले चेतावनीहरू दिएका छौं ताकि मानिसहरू आत्मसंयमी बनुन् वा अल्लाहले उनीहरूको लागि सोच्ने सम्झने क्षमता उत्पन्न गरोस् । info
التفاسير: