Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith

external-link copy
5 : 5

اَلْیَوْمَ اُحِلَّ لَكُمُ الطَّیِّبٰتُ ؕ— وَطَعَامُ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ حِلٌّ لَّكُمْ ۪— وَطَعَامُكُمْ حِلٌّ لَّهُمْ ؗ— وَالْمُحْصَنٰتُ مِنَ الْمُؤْمِنٰتِ وَالْمُحْصَنٰتُ مِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ اِذَاۤ اٰتَیْتُمُوْهُنَّ اُجُوْرَهُنَّ مُحْصِنِیْنَ غَیْرَ مُسٰفِحِیْنَ وَلَا مُتَّخِذِیْۤ اَخْدَانٍ ؕ— وَمَنْ یَّكْفُرْ بِالْاِیْمَانِ فَقَدْ حَبِطَ عَمَلُهٗ ؗ— وَهُوَ فِی الْاٰخِرَةِ مِنَ الْخٰسِرِیْنَ ۟۠

५) आज तिम्रो निम्ति सम्पूर्ण पवित्र कुराहरू हलाल गरिएका छन् र अहले किताब (यहूदि, ईसाई)ले जब्ह गरेको मासु वा खाना पनि तिमीलाई हलाल छ र तिमिले जब्ह गरेको मासु वा भोजन उनीहरूको लागी हलाल छन् । पवित्र मोमिन स्वास्नी मानिसहरू र ती मानिसहरू जसलाई तिमीभन्दा पहिला किताब प्रदान गरिएको थियो, तिनीहरूका पवित्र स्वास्नी मानिसहरू पनि हलाल छिन्, जब कि तिनको महर तिमीले दिन्छौ, यसरी कि तिनीहरूसँग पवित्र सम्बन्ध राख्ने उद्देश्यले विवाह गर्नु होस् नकि खुल्लमखुल्ला वा लुकीछिपी व्यभिचार गर्ने उद्देश्यले । यदि कसैले ईमान त्याग्छ भने त्यसका सबै कर्महरू निरर्थक छन् र आखिरतमा (अन्तिम दिनमा) तिनीहरू नोक्सानी भोग्नेहरूमा हुनेछन् । info
التفاسير: