Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro bya Qur'an Ntagatifu mu rurimi rw'ikinepali - Ishyirahamwe ry'abamenyi ba Hadith.

numero y'urupapuro:close

external-link copy
36 : 21

وَاِذَا رَاٰكَ الَّذِیْنَ كَفَرُوْۤا اِنْ یَّتَّخِذُوْنَكَ اِلَّا هُزُوًا ؕ— اَهٰذَا الَّذِیْ یَذْكُرُ اٰلِهَتَكُمْ ۚ— وَهُمْ بِذِكْرِ الرَّحْمٰنِ هُمْ كٰفِرُوْنَ ۟

३६) यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् । info
التفاسير:

external-link copy
37 : 21

خُلِقَ الْاِنْسَانُ مِنْ عَجَلٍ ؕ— سَاُورِیْكُمْ اٰیٰتِیْ فَلَا تَسْتَعْجِلُوْنِ ۟

३७) मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर । info
التفاسير:

external-link copy
38 : 21

وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

३८) (तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ ? info
التفاسير:

external-link copy
39 : 21

لَوْ یَعْلَمُ الَّذِیْنَ كَفَرُوْا حِیْنَ لَا یَكُفُّوْنَ عَنْ وُّجُوْهِهِمُ النَّارَ وَلَا عَنْ ظُهُوْرِهِمْ وَلَا هُمْ یُنْصَرُوْنَ ۟

३९) काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ । info
التفاسير:

external-link copy
40 : 21

بَلْ تَاْتِیْهِمْ بَغْتَةً فَتَبْهَتُهُمْ فَلَا یَسْتَطِیْعُوْنَ رَدَّهَا وَلَا هُمْ یُنْظَرُوْنَ ۟

४०) (हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ । info
التفاسير:

external-link copy
41 : 21

وَلَقَدِ اسْتُهْزِئَ بِرُسُلٍ مِّنْ قَبْلِكَ فَحَاقَ بِالَّذِیْنَ سَخِرُوْا مِنْهُمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟۠

४१) र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे । info
التفاسير:

external-link copy
42 : 21

قُلْ مَنْ یَّكْلَؤُكُمْ بِالَّیْلِ وَالنَّهَارِ مِنَ الرَّحْمٰنِ ؕ— بَلْ هُمْ عَنْ ذِكْرِ رَبِّهِمْ مُّعْرِضُوْنَ ۟

४२) यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् । info
التفاسير:

external-link copy
43 : 21

اَمْ لَهُمْ اٰلِهَةٌ تَمْنَعُهُمْ مِّنْ دُوْنِنَا ؕ— لَا یَسْتَطِیْعُوْنَ نَصْرَ اَنْفُسِهِمْ وَلَا هُمْ مِّنَّا یُصْحَبُوْنَ ۟

४३) के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ । info
التفاسير:

external-link copy
44 : 21

بَلْ مَتَّعْنَا هٰۤؤُلَآءِ وَاٰبَآءَهُمْ حَتّٰی طَالَ عَلَیْهِمُ الْعُمُرُ ؕ— اَفَلَا یَرَوْنَ اَنَّا نَاْتِی الْاَرْضَ نَنْقُصُهَا مِنْ اَطْرَافِهَا ؕ— اَفَهُمُ الْغٰلِبُوْنَ ۟

४४) बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू प्रभावी रहनेछन् ? info
التفاسير: