३६) यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।
४०) (हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।
४३) के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।
४४) बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू प्रभावी रहनेछन् ?