Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith

Número de página:close

external-link copy
25 : 2

وَبَشِّرِ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ اَنَّ لَهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ؕ— كُلَّمَا رُزِقُوْا مِنْهَا مِنْ ثَمَرَةٍ رِّزْقًا ۙ— قَالُوْا هٰذَا الَّذِیْ رُزِقْنَا مِنْ قَبْلُ وَاُتُوْا بِهٖ مُتَشَابِهًا ؕ— وَلَهُمْ فِیْهَاۤ اَزْوَاجٌ مُّطَهَّرَةٌ وَّهُمْ فِیْهَا خٰلِدُوْنَ ۟

२५) र, आस्था राख्ने र असल काम गर्ने मानिसहरूलाई स्वर्गको शुभसमाचार दिनु जसमुनि नहरहरू बगिराखेका छन् । जब तिनीहरूलाई फलको आहार दिइने छ । तब तिनले भन्नेछन्, यी त तिनै हुन् जुन हामीलाई पहिला दिइएको थियो । ती मिल्दो जुल्दो फल हुनेछन् र त्यहाँ तिनीहरूका लागि पाक–पवित्र पत्नीहरू हुनेछिन् र तिनीहरू सधैं त्यहीं बस्नेछन् । info
التفاسير:

external-link copy
26 : 2

اِنَّ اللّٰهَ لَا یَسْتَحْیٖۤ اَنْ یَّضْرِبَ مَثَلًا مَّا بَعُوْضَةً فَمَا فَوْقَهَا ؕ— فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا فَیَعْلَمُوْنَ اَنَّهُ الْحَقُّ مِنْ رَّبِّهِمْ ۚ— وَاَمَّا الَّذِیْنَ كَفَرُوْا فَیَقُوْلُوْنَ مَاذَاۤ اَرَادَ اللّٰهُ بِهٰذَا مَثَلًا ۘ— یُضِلُّ بِهٖ كَثِیْرًا وَّیَهْدِیْ بِهٖ كَثِیْرًا ؕ— وَمَا یُضِلُّ بِهٖۤ اِلَّا الْفٰسِقِیْنَ ۟ۙ

२६) निःसन्देह अल्लाहले कुनै उदाहरणको वर्णनबाट लाज मान्दैन चाहे त्यो लामखुट्टेको होस् अथवा त्यो भन्दा सानो चीजको किन नहोस् । आस्थावानहरूले त यसलाई आफ्ना पालनकर्ताको तर्फबाट सम्झन्छन् र काफिरहरूले भन्दछन् कि यस उदाहरणबाट अल्लाहको के प्रयोजन छ ? यसद्वारा धेरैलाई पथ विचलित गर्दछ र अनेकौंलाई सत्यको बाटोमा ल्याउँछ र पथविचलित त उसले अवज्ञाकारीहरूलाई मात्र गर्दछ । info
التفاسير:

external-link copy
27 : 2

الَّذِیْنَ یَنْقُضُوْنَ عَهْدَ اللّٰهِ مِنْ بَعْدِ مِیْثَاقِهٖ ۪— وَیَقْطَعُوْنَ مَاۤ اَمَرَ اللّٰهُ بِهٖۤ اَنْ یُّوْصَلَ وَیُفْسِدُوْنَ فِی الْاَرْضِ ؕ— اُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟

२७) जुन मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई भंग गर्दछन् र जसलाई (नाता) अल्लाहले जोडिराख्ने आदेश गरेको छ, त्यसलाई बिच्छेद गर्दछन्, र पृथ्वीमा उपद्रव गर्दछन्, यिनीहरूले नै हानि भोग्ने छन् । info
التفاسير:

external-link copy
28 : 2

كَیْفَ تَكْفُرُوْنَ بِاللّٰهِ وَكُنْتُمْ اَمْوَاتًا فَاَحْیَاكُمْ ۚ— ثُمَّ یُمِیْتُكُمْ ثُمَّ یُحْیِیْكُمْ ثُمَّ اِلَیْهِ تُرْجَعُوْنَ ۟

२८) तिमी अल्लाहलाई कसरी नकार्दछौ ? जबकि तिमी मृत थियौ, त उसले तिमीलाई जीवित पार्यो फेरि उसैले मार्नेछ, फेरि जीवित गर्ने छ, अनि मरेपछि उसैतिर फर्काइनेछौ । info
التفاسير:

external-link copy
29 : 2

هُوَ الَّذِیْ خَلَقَ لَكُمْ مَّا فِی الْاَرْضِ جَمِیْعًا ۗ— ثُمَّ اسْتَوٰۤی اِلَی السَّمَآءِ فَسَوّٰىهُنَّ سَبْعَ سَمٰوٰتٍ ؕ— وَهُوَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟۠

२९) उही नै हो जसले तिम्रो लागि पृथ्वीमा भएका सारा कुराको सृष्टि गर्यो । अनि आकाशतिर ध्यान दियो, र ठीक ठाक सातवटा आकाश बनायो र ऊ सबै कुराको ज्ञाता हो । info
التفاسير: