Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith

Número de página:close

external-link copy
6 : 2

اِنَّ الَّذِیْنَ كَفَرُوْا سَوَآءٌ عَلَیْهِمْ ءَاَنْذَرْتَهُمْ اَمْ لَمْ تُنْذِرْهُمْ لَا یُؤْمِنُوْنَ ۟

६) काफिरहरूलाई तपाईले डर देखाउनु वा डर नदेखाउनु एकनास छ, तिनीहरूले ईमान ल्याउने छैनन् । info
التفاسير:

external-link copy
7 : 2

خَتَمَ اللّٰهُ عَلٰی قُلُوْبِهِمْ وَعَلٰی سَمْعِهِمْ ؕ— وَعَلٰۤی اَبْصَارِهِمْ غِشَاوَةٌ ؗ— وَّلَهُمْ عَذَابٌ عَظِیْمٌ ۟۠

७) अल्लाहले तिनीहरूका हृदय र कानहरूलाई सीलबन्दी गरिदिएको छ र तिनको आँखा अगाडी पर्दा छ, र तिनको लागि ठूलो सजाय छ । info
التفاسير:

external-link copy
8 : 2

وَمِنَ النَّاسِ مَنْ یَّقُوْلُ اٰمَنَّا بِاللّٰهِ وَبِالْیَوْمِ الْاٰخِرِ وَمَا هُمْ بِمُؤْمِنِیْنَ ۟ۘ

८) केही यस्ता मानिस छन् जसले अल्लाह र आखिरतमाथि ईमान भएको कुरा गर्दछन् तर वास्तवमा उनीहरू ईमानवाला होइनन् । info
التفاسير:

external-link copy
9 : 2

یُخٰدِعُوْنَ اللّٰهَ وَالَّذِیْنَ اٰمَنُوْا ۚ— وَمَا یَخْدَعُوْنَ اِلَّاۤ اَنْفُسَهُمْ وَمَا یَشْعُرُوْنَ ۟ؕ

९) तिनीहरू अल्लाह र आस्थावानहरूलाई (र्इमानवालाहरूलार्इ) धोका दिइरहेका छन्, तर यथार्थमा आफूलाई नै धोका दिइरहेका छन्, तर तिनीहरूले बुझ्दैनन् । info
التفاسير:

external-link copy
10 : 2

فِیْ قُلُوْبِهِمْ مَّرَضٌ ۙ— فَزَادَهُمُ اللّٰهُ مَرَضًا ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۙ۬۟ — بِمَا كَانُوْا یَكْذِبُوْنَ ۟

१०) तिनीहरूको हृदयमा रोग छ, अल्लाहले तिनको रोगमा झन् वृद्धि गरिदियो, र तिनकै झुठको कारणले तिनीहरूलाई कष्टदायक सजाय छ । info
التفاسير:

external-link copy
11 : 2

وَاِذَا قِیْلَ لَهُمْ لَا تُفْسِدُوْا فِی الْاَرْضِ ۙ— قَالُوْۤا اِنَّمَا نَحْنُ مُصْلِحُوْنَ ۟

११) जब तिनीहरूलाई भनिन्छ, कि पृथ्वीमा उपद्रव नगर, त भन्दछन् कि हामी त सुधारवादी हौं । info
التفاسير:

external-link copy
12 : 2

اَلَاۤ اِنَّهُمْ هُمُ الْمُفْسِدُوْنَ وَلٰكِنْ لَّا یَشْعُرُوْنَ ۟

१२) खबरदार रहनु, निःसन्देह यिनीहरू उपद्रवीहरू हुन् तर उनी बुझ्दैनन् । info
التفاسير:

external-link copy
13 : 2

وَاِذَا قِیْلَ لَهُمْ اٰمِنُوْا كَمَاۤ اٰمَنَ النَّاسُ قَالُوْۤا اَنُؤْمِنُ كَمَاۤ اٰمَنَ السُّفَهَآءُ ؕ— اَلَاۤ اِنَّهُمْ هُمُ السُّفَهَآءُ وَلٰكِنْ لَّا یَعْلَمُوْنَ ۟

१३) जब यिनीहरूसित भनिन्छः कि अन्य मानिसहरूले ईमान ल्याए जस्तै तिमीहरू पनि आस्थावान बन । तब भन्दछन् के हामीले पनि ती मूर्खहरू जस्तै आस्था राखौं ? खबरदार ! वास्तवमा यी नै मूर्ख हुन् तर यिनीहरूलाई थाहा छैन । info
التفاسير:

external-link copy
14 : 2

وَاِذَا لَقُوا الَّذِیْنَ اٰمَنُوْا قَالُوْۤا اٰمَنَّا ۖۚ— وَاِذَا خَلَوْا اِلٰی شَیٰطِیْنِهِمْ ۙ— قَالُوْۤا اِنَّا مَعَكُمْ ۙ— اِنَّمَا نَحْنُ مُسْتَهْزِءُوْنَ ۟

१४) र, जब यिनीहरूको ईमानवालाहरूसँग भेट हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरू कहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र हाँसोठट्टा गर्दछौं । info
التفاسير:

external-link copy
15 : 2

اَللّٰهُ یَسْتَهْزِئُ بِهِمْ وَیَمُدُّهُمْ فِیْ طُغْیَانِهِمْ یَعْمَهُوْنَ ۟

१५) अल्लाहले पनि तिनीहरूको (कपटीहरूको) उपहास गर्दछ र तिनीहरूलाई छुट दिइराखेको हुन्छ, जसलेगर्दा तिनीहरूको अट्टेरिपन र बहकावट अरु बढाइदिन्छ । info
التفاسير:

external-link copy
16 : 2

اُولٰٓىِٕكَ الَّذِیْنَ اشْتَرَوُا الضَّلٰلَةَ بِالْهُدٰی ۪— فَمَا رَبِحَتْ تِّجَارَتُهُمْ وَمَا كَانُوْا مُهْتَدِیْنَ ۟

१६) यी त्यस्ता मानिस हुन् जसले सत्य मार्गको सट्टा पथभ्रष्टतालाई किनेका छन्, यिनीहरूको व्यापारमा नकेही नाफा भयो, न त उनीहरूलाई सत्यमार्गको प्राप्ति नै भयो । info
التفاسير: