Vertaling van de betekenissen Edele Qur'an - Nepalese vertaling - Vereniging van de Mensen van Hadith

Pagina nummer:close

external-link copy
112 : 26

قَالَ وَمَا عِلْمِیْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟ۚ

११२) (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए ? info
التفاسير:

external-link copy
113 : 26

اِنْ حِسَابُهُمْ اِلَّا عَلٰی رَبِّیْ لَوْ تَشْعُرُوْنَ ۟ۚ

११३) उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो । info
التفاسير:

external-link copy
114 : 26

وَمَاۤ اَنَا بِطَارِدِ الْمُؤْمِنِیْنَ ۟ۚ

११४) र म मोमिनहरूलाई धपाउनेवाला होइन । info
التفاسير:

external-link copy
115 : 26

اِنْ اَنَا اِلَّا نَذِیْرٌ مُّبِیْنٌ ۟ؕ

११५) म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ । info
التفاسير:

external-link copy
116 : 26

قَالُوْا لَىِٕنْ لَّمْ تَنْتَهِ یٰنُوْحُ لَتَكُوْنَنَّ مِنَ الْمَرْجُوْمِیْنَ ۟ؕ

११६) उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ । info
التفاسير:

external-link copy
117 : 26

قَالَ رَبِّ اِنَّ قَوْمِیْ كَذَّبُوْنِ ۟ۚۖ

११७) (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो । info
التفاسير:

external-link copy
118 : 26

فَافْتَحْ بَیْنِیْ وَبَیْنَهُمْ فَتْحًا وَّنَجِّنِیْ وَمَنْ مَّعِیَ مِنَ الْمُؤْمِنِیْنَ ۟

११८) तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल । info
التفاسير:

external-link copy
119 : 26

فَاَنْجَیْنٰهُ وَمَنْ مَّعَهٗ فِی الْفُلْكِ الْمَشْحُوْنِ ۟ۚ

११९) अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं । info
التفاسير:

external-link copy
120 : 26

ثُمَّ اَغْرَقْنَا بَعْدُ الْبٰقِیْنَ ۟ؕ

१२०) तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं । info
التفاسير:

external-link copy
121 : 26

اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً ؕ— وَمَا كَانَ اَكْثَرُهُمْ مُّؤْمِنِیْنَ ۟

१२१) निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् । info
التفاسير:

external-link copy
122 : 26

وَاِنَّ رَبَّكَ لَهُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

१२२) र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
123 : 26

كَذَّبَتْ عَادُ ١لْمُرْسَلِیْنَ ۟ۚۖ

१२३) आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने । info
التفاسير:

external-link copy
124 : 26

اِذْ قَالَ لَهُمْ اَخُوْهُمْ هُوْدٌ اَلَا تَتَّقُوْنَ ۟ۚ

१२४) जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ ? info
التفاسير:

external-link copy
125 : 26

اِنِّیْ لَكُمْ رَسُوْلٌ اَمِیْنٌ ۟ۙ

१२५) म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ । info
التفاسير:

external-link copy
126 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ۚ

१२६) तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान । info
التفاسير:

external-link copy
127 : 26

وَمَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مِنْ اَجْرٍ ۚ— اِنْ اَجْرِیَ اِلَّا عَلٰی رَبِّ الْعٰلَمِیْنَ ۟ؕ

१२७) र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ । info
التفاسير:

external-link copy
128 : 26

اَتَبْنُوْنَ بِكُلِّ رِیْعٍ اٰیَةً تَعْبَثُوْنَ ۟ۙ

१२८) के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ ? info
التفاسير:

external-link copy
129 : 26

وَتَتَّخِذُوْنَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُوْنَ ۟ۚ

१२९) र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीलाई सधैं यहीं बसिरहनुछ । info
التفاسير:

external-link copy
130 : 26

وَاِذَا بَطَشْتُمْ بَطَشْتُمْ جَبَّارِیْنَ ۟ۚ

१३०) र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ । info
التفاسير:

external-link copy
131 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ۚ

१३१) त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर । info
التفاسير:

external-link copy
132 : 26

وَاتَّقُوا الَّذِیْۤ اَمَدَّكُمْ بِمَا تَعْلَمُوْنَ ۟ۚ

१३२) र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ । info
التفاسير:

external-link copy
133 : 26

اَمَدَّكُمْ بِاَنْعَامٍ وَّبَنِیْنَ ۟ۚۙ

१३३) उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो । info
التفاسير:

external-link copy
134 : 26

وَجَنّٰتٍ وَّعُیُوْنٍ ۟ۚ

१३४) र बगैंचाहरूबाट र पानीका मूलहरूबाट । info
التفاسير:

external-link copy
135 : 26

اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟ؕ

१३५) मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ । info
التفاسير:

external-link copy
136 : 26

قَالُوْا سَوَآءٌ عَلَیْنَاۤ اَوَعَظْتَ اَمْ لَمْ تَكُنْ مِّنَ الْوٰعِظِیْنَ ۟ۙ

१३६) उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ । info
التفاسير: