Vertaling van de betekenissen Edele Qur'an - Nepalese vertaling - Vereniging van de Mensen van Hadith

Pagina nummer:close

external-link copy
59 : 17

وَمَا مَنَعَنَاۤ اَنْ نُّرْسِلَ بِالْاٰیٰتِ اِلَّاۤ اَنْ كَذَّبَ بِهَا الْاَوَّلُوْنَ ؕ— وَاٰتَیْنَا ثَمُوْدَ النَّاقَةَ مُبْصِرَةً فَظَلَمُوْا بِهَا ؕ— وَمَا نُرْسِلُ بِالْاٰیٰتِ اِلَّا تَخْوِیْفًا ۟

५९) हामीले निशानीहरू (वा चमत्कार) पठाउन यस कारणले बन्द गरिदियौं कि पहिलेका मानिसहरू तिनलाई झूठा भन्ने गर्थे । र हामीले समूदलाई चमत्कारको रूपमा ऊँटनी प्रदान गर्यौं तर तिनीहरूले त्यसमाथि अत्याचार गरे । र हामीले मानिसहरूलाई डराउनको लागि निशानीहरू पठाउने गर्दछौं । info
التفاسير:

external-link copy
60 : 17

وَاِذْ قُلْنَا لَكَ اِنَّ رَبَّكَ اَحَاطَ بِالنَّاسِ ؕ— وَمَا جَعَلْنَا الرُّءْیَا الَّتِیْۤ اَرَیْنٰكَ اِلَّا فِتْنَةً لِّلنَّاسِ وَالشَّجَرَةَ الْمَلْعُوْنَةَ فِی الْقُرْاٰنِ ؕ— وَنُخَوِّفُهُمْ ۙ— فَمَا یَزِیْدُهُمْ اِلَّا طُغْیَانًا كَبِیْرًا ۟۠

६०) र (स्मरण गर्नुस्) जब हामीले तपाईसित भन्यौं कि तपाईको पालनकर्ता मानिसहरूलाई घेरामा लिइसकेको छ, र जुन दृश्य हामीले तपाईलाई देखायौं त्यो मानिसहरूको परीक्षाको लागि थियो र यस्तै त्यो रुखलाई पनि, जसमाथि कुरआनमा घृणा भनिएको छ । हामीले तिनीहरूलाई डराइराखेकाछौं । तर यसले तिनीहरूको गम्भीर उद्दण्डता झन् बढ़ाइरहेछ । info
التفاسير:

external-link copy
61 : 17

وَاِذْ قُلْنَا لِلْمَلٰٓىِٕكَةِ اسْجُدُوْا لِاٰدَمَ فَسَجَدُوْۤا اِلَّاۤ اِبْلِیْسَ ؕ— قَالَ ءَاَسْجُدُ لِمَنْ خَلَقْتَ طِیْنًا ۟ۚ

६१) जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, त इब्लीस बाहेक सबले ढोगे । उसले भन्यो कि के म यस्तो व्यक्तिलाई ढोगूँ, जसलाई तिमीले माटोबाट सृष्टि गरेका छौ ? info
التفاسير:

external-link copy
62 : 17

قَالَ اَرَءَیْتَكَ هٰذَا الَّذِیْ كَرَّمْتَ عَلَیَّ ؗ— لَىِٕنْ اَخَّرْتَنِ اِلٰی یَوْمِ الْقِیٰمَةِ لَاَحْتَنِكَنَّ ذُرِّیَّتَهٗۤ اِلَّا قَلِیْلًا ۟

६२) (इब्लीस) भन्न थाल्योः कि हेर यहि हो जसलाई तिमीले ममाथि श्रेष्ठता प्रदान गरेका छौ, तर यदि तिमीले मलाई पनि कियामतको दिनसम्म मोहलत दिनेछौ भने म केही व्यक्तिहरू बाहेक उसको सन्ततिलाई आफ्नो अधीनमा गर्नेछु । info
التفاسير:

external-link copy
63 : 17

قَالَ اذْهَبْ فَمَنْ تَبِعَكَ مِنْهُمْ فَاِنَّ جَهَنَّمَ جَزَآؤُكُمْ جَزَآءً مَّوْفُوْرًا ۟

६३) अल्लाहबाट हुकुम भयो कि (यहाँबाट) गइहाल । यिनीहरूमध्ये जुन मानिसले तिम्रो अनुशरण गर्नेछन्, ती सबैको सजाय नर्क हो । जो पूरा–पूर बदला हो । info
التفاسير:

external-link copy
64 : 17

وَاسْتَفْزِزْ مَنِ اسْتَطَعْتَ مِنْهُمْ بِصَوْتِكَ وَاَجْلِبْ عَلَیْهِمْ بِخَیْلِكَ وَرَجِلِكَ وَشَارِكْهُمْ فِی الْاَمْوَالِ وَالْاَوْلَادِ وَعِدْهُمْ ؕ— وَمَا یَعِدُهُمُ الشَّیْطٰنُ اِلَّا غُرُوْرًا ۟

६४) तिनीहरूमध्ये जसलाई तिमीले आफ्नो आवाजबाट बहकाउन सक्छौ, बहकाउँदै गर, र उनीहरूमाथि आफ्ना घोडसवार र पैदल सिपाहीहरूबाट आक्रमण गर्दैगर, र तिनीहरूको माल र सन्तानहरूमा पनि आफू शम्मिलित हुँदैगर, र तिनीहरूसित झूठा वाचा गर्दैगर । र शैतानले जतिपनि वाचा तिनीहरूसँग गर्नेगर्दछ त्यो सबै धोका हो । info
التفاسير:

external-link copy
65 : 17

اِنَّ عِبَادِیْ لَیْسَ لَكَ عَلَیْهِمْ سُلْطٰنٌ ؕ— وَكَفٰی بِرَبِّكَ وَكِیْلًا ۟

६५) मेरा सच्चा भक्तहरूहरूमाथि तिम्रो कुनै जोड लाग्दैन र तिम्रो पालनकर्ता सबै कुरा सम्पन्न गर्न पर्याप्त छ । info
التفاسير:

external-link copy
66 : 17

رَبُّكُمُ الَّذِیْ یُزْجِیْ لَكُمُ الْفُلْكَ فِی الْبَحْرِ لِتَبْتَغُوْا مِنْ فَضْلِهٖ ؕ— اِنَّهٗ كَانَ بِكُمْ رَحِیْمًا ۟

६६) तिम्रो पालनकर्ता त्यो नै हो, जसले तिम्रो निम्ति समुद्रमा डुँङ्गा सञ्चालित गर्दछ, जसबाट तिमीले उसको कृपाले जीविका खोज्न सक, ऊ तिमीमाथि धेरै दयावान छ । info
التفاسير: