ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
74 : 43

اِنَّ الْمُجْرِمِیْنَ فِیْ عَذَابِ جَهَنَّمَ خٰلِدُوْنَ ۟ۚ

७४) निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् । info
التفاسير:

external-link copy
75 : 43

لَا یُفَتَّرُ عَنْهُمْ وَهُمْ فِیْهِ مُبْلِسُوْنَ ۟ۚ

७५) त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश भइरहनेछन् । info
التفاسير:

external-link copy
76 : 43

وَمَا ظَلَمْنٰهُمْ وَلٰكِنْ كَانُوْا هُمُ الظّٰلِمِیْنَ ۟

७६) र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए । info
التفاسير:

external-link copy
77 : 43

وَنَادَوْا یٰمٰلِكُ لِیَقْضِ عَلَیْنَا رَبُّكَ ؕ— قَالَ اِنَّكُمْ مّٰكِثُوْنَ ۟

७७) उनीहरूले चिच्याई–चिच्याई भन्नेछन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’ info
التفاسير:

external-link copy
78 : 43

لَقَدْ جِئْنٰكُمْ بِالْحَقِّ وَلٰكِنَّ اَكْثَرَكُمْ لِلْحَقِّ كٰرِهُوْنَ ۟

७८) हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, तर तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे ? info
التفاسير:

external-link copy
79 : 43

اَمْ اَبْرَمُوْۤا اَمْرًا فَاِنَّا مُبْرِمُوْنَ ۟ۚ

७९) के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निर्णय लिनेछौं । info
التفاسير:

external-link copy
80 : 43

اَمْ یَحْسَبُوْنَ اَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوٰىهُمْ ؕ— بَلٰی وَرُسُلُنَا لَدَیْهِمْ یَكْتُبُوْنَ ۟

८०) के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’ info
التفاسير:

external-link copy
81 : 43

قُلْ اِنْ كَانَ لِلرَّحْمٰنِ وَلَدٌ ۖۗ— فَاَنَا اَوَّلُ الْعٰبِدِیْنَ ۟

८१) तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें । info
التفاسير:

external-link copy
82 : 43

سُبْحٰنَ رَبِّ السَّمٰوٰتِ وَالْاَرْضِ رَبِّ الْعَرْشِ عَمَّا یَصِفُوْنَ ۟

८२) यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’ info
التفاسير:

external-link copy
83 : 43

فَذَرْهُمْ یَخُوْضُوْا وَیَلْعَبُوْا حَتّٰی یُلٰقُوْا یَوْمَهُمُ الَّذِیْ یُوْعَدُوْنَ ۟

८३) अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् । info
التفاسير:

external-link copy
84 : 43

وَهُوَ الَّذِیْ فِی السَّمَآءِ اِلٰهٌ وَّفِی الْاَرْضِ اِلٰهٌ ؕ— وَهُوَ الْحَكِیْمُ الْعَلِیْمُ ۟

८४) उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ । info
التفاسير:

external-link copy
85 : 43

وَتَبٰرَكَ الَّذِیْ لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا ۚ— وَعِنْدَهٗ عِلْمُ السَّاعَةِ ۚ— وَاِلَیْهِ تُرْجَعُوْنَ ۟

८५) ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती तथा जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कियामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ । info
التفاسير:

external-link copy
86 : 43

وَلَا یَمْلِكُ الَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِهِ الشَّفَاعَةَ اِلَّا مَنْ شَهِدَ بِالْحَقِّ وَهُمْ یَعْلَمُوْنَ ۟

८६) अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ । info
التفاسير:

external-link copy
87 : 43

وَلَىِٕنْ سَاَلْتَهُمْ مَّنْ خَلَقَهُمْ لَیَقُوْلُنَّ اللّٰهُ فَاَنّٰی یُؤْفَكُوْنَ ۟ۙ

८७) यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन् ? info
التفاسير:

external-link copy
88 : 43

وَقِیْلِهٖ یٰرَبِّ اِنَّ هٰۤؤُلَآءِ قَوْمٌ لَّا یُؤْمِنُوْنَ ۟ۘ

८८) र उस (पैगम्बर) को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’ info
التفاسير:

external-link copy
89 : 43

فَاصْفَحْ عَنْهُمْ وَقُلْ سَلٰمٌ ؕ— فَسَوْفَ یَعْلَمُوْنَ ۟۠

८९) त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् । info
التفاسير: