ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
23 : 43

وَكَذٰلِكَ مَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ فِیْ قَرْیَةٍ مِّنْ نَّذِیْرٍ اِلَّا قَالَ مُتْرَفُوْهَاۤ ۙ— اِنَّا وَجَدْنَاۤ اٰبَآءَنَا عَلٰۤی اُمَّةٍ وَّاِنَّا عَلٰۤی اٰثٰرِهِمْ مُّقْتَدُوْنَ ۟

२३) र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’ info
التفاسير:

external-link copy
24 : 43

قٰلَ اَوَلَوْ جِئْتُكُمْ بِاَهْدٰی مِمَّا وَجَدْتُّمْ عَلَیْهِ اٰبَآءَكُمْ ؕ— قَالُوْۤا اِنَّا بِمَاۤ اُرْسِلْتُمْ بِهٖ كٰفِرُوْنَ ۟

२४) (पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामी त्यसको इन्कारी छौं ।’’ info
التفاسير:

external-link copy
25 : 43

فَانْتَقَمْنَا مِنْهُمْ فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِیْنَ ۟۠

२५) अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो ? info
التفاسير:

external-link copy
26 : 43

وَاِذْ قَالَ اِبْرٰهِیْمُ لِاَبِیْهِ وَقَوْمِهٖۤ اِنَّنِیْ بَرَآءٌ مِّمَّا تَعْبُدُوْنَ ۟ۙ

२६) जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन ? info
التفاسير:

external-link copy
27 : 43

اِلَّا الَّذِیْ فَطَرَنِیْ فَاِنَّهٗ سَیَهْدِیْنِ ۟

२७) हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’ info
التفاسير:

external-link copy
28 : 43

وَجَعَلَهَا كَلِمَةً بَاقِیَةً فِیْ عَقِبِهٖ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟

२८) र (इब्राहीम) यही कुरा आफ्नो सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् । info
التفاسير:

external-link copy
29 : 43

بَلْ مَتَّعْتُ هٰۤؤُلَآءِ وَاٰبَآءَهُمْ حَتّٰی جَآءَهُمُ الْحَقُّ وَرَسُوْلٌ مُّبِیْنٌ ۟

२९) बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो । info
التفاسير:

external-link copy
30 : 43

وَلَمَّا جَآءَهُمُ الْحَقُّ قَالُوْا هٰذَا سِحْرٌ وَّاِنَّا بِهٖ كٰفِرُوْنَ ۟

३०) र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’ info
التفاسير:

external-link copy
31 : 43

وَقَالُوْا لَوْلَا نُزِّلَ هٰذَا الْقُرْاٰنُ عَلٰی رَجُلٍ مِّنَ الْقَرْیَتَیْنِ عَظِیْمٍ ۟

३१) र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’ info
التفاسير:

external-link copy
32 : 43

اَهُمْ یَقْسِمُوْنَ رَحْمَتَ رَبِّكَ ؕ— نَحْنُ قَسَمْنَا بَیْنَهُمْ مَّعِیْشَتَهُمْ فِی الْحَیٰوةِ الدُّنْیَا وَرَفَعْنَا بَعْضَهُمْ فَوْقَ بَعْضٍ دَرَجٰتٍ لِّیَتَّخِذَ بَعْضُهُمْ بَعْضًا سُخْرِیًّا ؕ— وَرَحْمَتُ رَبِّكَ خَیْرٌ مِّمَّا یَجْمَعُوْنَ ۟

३२) के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरू एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिरहेका छन् । info
التفاسير:

external-link copy
33 : 43

وَلَوْلَاۤ اَنْ یَّكُوْنَ النَّاسُ اُمَّةً وَّاحِدَةً لَّجَعَلْنَا لِمَنْ یَّكْفُرُ بِالرَّحْمٰنِ لِبُیُوْتِهِمْ سُقُفًا مِّنْ فِضَّةٍ وَّمَعَارِجَ عَلَیْهَا یَظْهَرُوْنَ ۟ۙ

३३) र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् । info
التفاسير: