ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
61 : 43

وَاِنَّهٗ لَعِلْمٌ لِّلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُوْنِ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟

६१) निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो । info
التفاسير:

external-link copy
62 : 43

وَلَا یَصُدَّنَّكُمُ الشَّیْطٰنُ ۚ— اِنَّهٗ لَكُمْ عَدُوٌّ مُّبِیْنٌ ۟

६२) र शैतानले तिमीलाई नरोकोस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो । info
التفاسير:

external-link copy
63 : 43

وَلَمَّا جَآءَ عِیْسٰی بِالْبَیِّنٰتِ قَالَ قَدْ جِئْتُكُمْ بِالْحِكْمَةِ وَلِاُبَیِّنَ لَكُمْ بَعْضَ الَّذِیْ تَخْتَلِفُوْنَ فِیْهِ ۚ— فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟

६३) र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डराऊ र मेरो कुरा मान । info
التفاسير:

external-link copy
64 : 43

اِنَّ اللّٰهَ هُوَ رَبِّیْ وَرَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟

६४) अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’ info
التفاسير:

external-link copy
65 : 43

فَاخْتَلَفَ الْاَحْزَابُ مِنْ بَیْنِهِمْ ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ ظَلَمُوْا مِنْ عَذَابِ یَوْمٍ اَلِیْمٍ ۟

६५) फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे । info
التفاسير:

external-link copy
66 : 43

هَلْ یَنْظُرُوْنَ اِلَّا السَّاعَةَ اَنْ تَاْتِیَهُمْ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟

६६) यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् । info
التفاسير:

external-link copy
67 : 43

اَلْاَخِلَّآءُ یَوْمَىِٕذٍ بَعْضُهُمْ لِبَعْضٍ عَدُوٌّ اِلَّا الْمُتَّقِیْنَ ۟ؕ۠

६७) त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक । info
التفاسير:

external-link copy
68 : 43

یٰعِبَادِ لَا خَوْفٌ عَلَیْكُمُ الْیَوْمَ وَلَاۤ اَنْتُمْ تَحْزَنُوْنَ ۟ۚ

६८) ‘‘हे मेरा भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’ info
التفاسير:

external-link copy
69 : 43

اَلَّذِیْنَ اٰمَنُوْا بِاٰیٰتِنَا وَكَانُوْا مُسْلِمِیْنَ ۟ۚ

६९) जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए । info
التفاسير:

external-link copy
70 : 43

اُدْخُلُوا الْجَنَّةَ اَنْتُمْ وَاَزْوَاجُكُمْ تُحْبَرُوْنَ ۟

७०) ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’ info
التفاسير:

external-link copy
71 : 43

یُطَافُ عَلَیْهِمْ بِصِحَافٍ مِّنْ ذَهَبٍ وَّاَكْوَابٍ ۚ— وَفِیْهَا مَا تَشْتَهِیْهِ الْاَنْفُسُ وَتَلَذُّ الْاَعْیُنُ ۚ— وَاَنْتُمْ فِیْهَا خٰلِدُوْنَ ۟ۚ

७१) उनीहरूको चारैतिर सुनका तश्तरीहरू (थालीहरू) र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’ info
التفاسير:

external-link copy
72 : 43

وَتِلْكَ الْجَنَّةُ الَّتِیْۤ اُوْرِثْتُمُوْهَا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

७२) र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा । info
التفاسير:

external-link copy
73 : 43

لَكُمْ فِیْهَا فَاكِهَةٌ كَثِیْرَةٌ مِّنْهَا تَاْكُلُوْنَ ۟

७३) यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’ info
التفاسير: