ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
53 : 12

وَمَاۤ اُبَرِّئُ نَفْسِیْ ۚ— اِنَّ النَّفْسَ لَاَمَّارَةٌ بِالسُّوْٓءِ اِلَّا مَا رَحِمَ رَبِّیْ ؕ— اِنَّ رَبِّیْ غَفُوْرٌ رَّحِیْمٌ ۟

५३) (यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ । info
التفاسير:

external-link copy
54 : 12

وَقَالَ الْمَلِكُ ائْتُوْنِیْ بِهٖۤ اَسْتَخْلِصْهُ لِنَفْسِیْ ۚ— فَلَمَّا كَلَّمَهٗ قَالَ اِنَّكَ الْیَوْمَ لَدَیْنَا مَكِیْنٌ اَمِیْنٌ ۟

५४) राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ । info
التفاسير:

external-link copy
55 : 12

قَالَ اجْعَلْنِیْ عَلٰی خَزَآىِٕنِ الْاَرْضِ ۚ— اِنِّیْ حَفِیْظٌ عَلِیْمٌ ۟

५५) यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला । info
التفاسير:

external-link copy
56 : 12

وَكَذٰلِكَ مَكَّنَّا لِیُوْسُفَ فِی الْاَرْضِ ۚ— یَتَبَوَّاُ مِنْهَا حَیْثُ یَشَآءُ ؕ— نُصِیْبُ بِرَحْمَتِنَا مَنْ نَّشَآءُ وَلَا نُضِیْعُ اَجْرَ الْمُحْسِنِیْنَ ۟

५६) यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न । info
التفاسير:

external-link copy
57 : 12

وَلَاَجْرُ الْاٰخِرَةِ خَیْرٌ لِّلَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟۠

५७) निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ । info
التفاسير:

external-link copy
58 : 12

وَجَآءَ اِخْوَةُ یُوْسُفَ فَدَخَلُوْا عَلَیْهِ فَعَرَفَهُمْ وَهُمْ لَهٗ مُنْكِرُوْنَ ۟

५८) यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् । info
التفاسير:

external-link copy
59 : 12

وَلَمَّا جَهَّزَهُمْ بِجَهَازِهِمْ قَالَ ائْتُوْنِیْ بِاَخٍ لَّكُمْ مِّنْ اَبِیْكُمْ ۚ— اَلَا تَرَوْنَ اَنِّیْۤ اُوْفِی الْكَیْلَ وَاَنَا خَیْرُ الْمُنْزِلِیْنَ ۟

५९) जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु । info
التفاسير:

external-link copy
60 : 12

فَاِنْ لَّمْ تَاْتُوْنِیْ بِهٖ فَلَا كَیْلَ لَكُمْ عِنْدِیْ وَلَا تَقْرَبُوْنِ ۟

६०) फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु । info
التفاسير:

external-link copy
61 : 12

قَالُوْا سَنُرَاوِدُ عَنْهُ اَبَاهُ وَاِنَّا لَفٰعِلُوْنَ ۟

६१) उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ । info
التفاسير:

external-link copy
62 : 12

وَقَالَ لِفِتْیٰنِهِ اجْعَلُوْا بِضَاعَتَهُمْ فِیْ رِحَالِهِمْ لَعَلَّهُمْ یَعْرِفُوْنَهَاۤ اِذَا انْقَلَبُوْۤا اِلٰۤی اَهْلِهِمْ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟

६२) र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् । info
التفاسير:

external-link copy
63 : 12

فَلَمَّا رَجَعُوْۤا اِلٰۤی اَبِیْهِمْ قَالُوْا یٰۤاَبَانَا مُنِعَ مِنَّا الْكَیْلُ فَاَرْسِلْ مَعَنَاۤ اَخَانَا نَكْتَلْ وَاِنَّا لَهٗ لَحٰفِظُوْنَ ۟

६३) जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं । info
التفاسير: