ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
38 : 12

وَاتَّبَعْتُ مِلَّةَ اٰبَآءِیْۤ اِبْرٰهِیْمَ وَاِسْحٰقَ وَیَعْقُوْبَ ؕ— مَا كَانَ لَنَاۤ اَنْ نُّشْرِكَ بِاللّٰهِ مِنْ شَیْءٍ ؕ— ذٰلِكَ مِنْ فَضْلِ اللّٰهِ عَلَیْنَا وَعَلَی النَّاسِ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَشْكُرُوْنَ ۟

३८) र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् । info
التفاسير:

external-link copy
39 : 12

یٰصَاحِبَیِ السِّجْنِ ءَاَرْبَابٌ مُّتَفَرِّقُوْنَ خَیْرٌ اَمِ اللّٰهُ الْوَاحِدُ الْقَهَّارُ ۟ؕ

३९) मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान र सर्वशक्तिमान छ । info
التفاسير:

external-link copy
40 : 12

مَا تَعْبُدُوْنَ مِنْ دُوْنِهٖۤ اِلَّاۤ اَسْمَآءً سَمَّیْتُمُوْهَاۤ اَنْتُمْ وَاٰبَآؤُكُمْ مَّاۤ اَنْزَلَ اللّٰهُ بِهَا مِنْ سُلْطٰنٍ ؕ— اِنِ الْحُكْمُ اِلَّا لِلّٰهِ ؕ— اَمَرَ اَلَّا تَعْبُدُوْۤا اِلَّاۤ اِیَّاهُ ؕ— ذٰلِكَ الدِّیْنُ الْقَیِّمُ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟

४०) जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् । info
التفاسير:

external-link copy
41 : 12

یٰصَاحِبَیِ السِّجْنِ اَمَّاۤ اَحَدُكُمَا فَیَسْقِیْ رَبَّهٗ خَمْرًا ۚ— وَاَمَّا الْاٰخَرُ فَیُصْلَبُ فَتَاْكُلُ الطَّیْرُ مِنْ رَّاْسِهٖ ؕ— قُضِیَ الْاَمْرُ الَّذِیْ فِیْهِ تَسْتَفْتِیٰنِ ۟ؕ

४१) मेरा जेलका साथीहरू हो ! तिमीमध्ये एउटा त आफ्नो मालिकलाई मदिरा खुवाउन नियुक्त हुनेछ र जुन दोस्रो छ त्यसलाई फाँसिमा झुण्ड्याइने छ र पंक्षीहरूले उसको टाउको लुछेर खानेछन् । जुन कुरा तिमीले मसित सोध्दैछौ त्यसको निर्णय भइसकेको छ । info
التفاسير:

external-link copy
42 : 12

وَقَالَ لِلَّذِیْ ظَنَّ اَنَّهٗ نَاجٍ مِّنْهُمَا اذْكُرْنِیْ عِنْدَ رَبِّكَ ؗ— فَاَنْسٰىهُ الشَّیْطٰنُ ذِكْرَ رَبِّهٖ فَلَبِثَ فِی السِّجْنِ بِضْعَ سِنِیْنَ ۟۠

४२) र दुवै मानिसहरूमध्येबाट जसको बारेमा (यूसुफले) ठानेका थिए कि त्यसले मुक्ति पाइहाल्नेछ, उससित उनले भने कि आफ्नो मालिकसँग मेरो चर्चा पनि गर्नु, तर शैतानले उसलाई आफ्नो राजासँग उनको चर्चा गर्न भुलाइदियो, र यूसुफ कैयौं वर्ष जेलमा नै रहीरहे । info
التفاسير:

external-link copy
43 : 12

وَقَالَ الْمَلِكُ اِنِّیْۤ اَرٰی سَبْعَ بَقَرٰتٍ سِمَانٍ یَّاْكُلُهُنَّ سَبْعٌ عِجَافٌ وَّسَبْعَ سُنْۢبُلٰتٍ خُضْرٍ وَّاُخَرَ یٰبِسٰتٍ ؕ— یٰۤاَیُّهَا الْمَلَاُ اَفْتُوْنِیْ فِیْ رُءْیَایَ اِنْ كُنْتُمْ لِلرُّءْیَا تَعْبُرُوْنَ ۟

४३) र राजाले भने कि मैले (सपना देखेको छु), कि सातवटा मोटी गाईहरू छन् जसलाई सातवटा दुब्ली गाईहरूले खाइराखेका छन्, र अन्नका सातवटा हरिया बाली छन् र (सात) सुकेका । हे दरवारीहरू ! यदि तिमीहरू सपनाहरूको अर्थ भन्न सक्छौ भने मलाई मेरो सपनाको अर्थ बताऊ । info
التفاسير: