ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
79 : 12

قَالَ مَعَاذَ اللّٰهِ اَنْ نَّاْخُذَ اِلَّا مَنْ وَّجَدْنَا مَتَاعَنَا عِنْدَهٗۤ ۙ— اِنَّاۤ اِذًا لَّظٰلِمُوْنَ ۟۠

७९) यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु । info
التفاسير:

external-link copy
80 : 12

فَلَمَّا اسْتَیْـَٔسُوْا مِنْهُ خَلَصُوْا نَجِیًّا ؕ— قَالَ كَبِیْرُهُمْ اَلَمْ تَعْلَمُوْۤا اَنَّ اَبَاكُمْ قَدْ اَخَذَ عَلَیْكُمْ مَّوْثِقًا مِّنَ اللّٰهِ وَمِنْ قَبْلُ مَا فَرَّطْتُّمْ فِیْ یُوْسُفَ ۚ— فَلَنْ اَبْرَحَ الْاَرْضَ حَتّٰی یَاْذَنَ لِیْۤ اَبِیْۤ اَوْ یَحْكُمَ اللّٰهُ لِیْ ۚ— وَهُوَ خَیْرُ الْحٰكِمِیْنَ ۟

८०) जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जबसम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो । info
التفاسير:

external-link copy
81 : 12

اِرْجِعُوْۤا اِلٰۤی اَبِیْكُمْ فَقُوْلُوْا یٰۤاَبَانَاۤ اِنَّ ابْنَكَ سَرَقَ ۚ— وَمَا شَهِدْنَاۤ اِلَّا بِمَا عَلِمْنَا وَمَا كُنَّا لِلْغَیْبِ حٰفِظِیْنَ ۟

८१) तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ । info
التفاسير:

external-link copy
82 : 12

وَسْـَٔلِ الْقَرْیَةَ الَّتِیْ كُنَّا فِیْهَا وَالْعِیْرَ الَّتِیْۤ اَقْبَلْنَا فِیْهَا ؕ— وَاِنَّا لَصٰدِقُوْنَ ۟

८२) तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं । info
التفاسير:

external-link copy
83 : 12

قَالَ بَلْ سَوَّلَتْ لَكُمْ اَنْفُسُكُمْ اَمْرًا ؕ— فَصَبْرٌ جَمِیْلٌ ؕ— عَسَی اللّٰهُ اَنْ یَّاْتِیَنِیْ بِهِمْ جَمِیْعًا ؕ— اِنَّهٗ هُوَ الْعَلِیْمُ الْحَكِیْمُ ۟

८३) (यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’ info
التفاسير:

external-link copy
84 : 12

وَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰۤاَسَفٰی عَلٰی یُوْسُفَ وَابْیَضَّتْ عَیْنٰهُ مِنَ الْحُزْنِ فَهُوَ كَظِیْمٌ ۟

८४) फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनको आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए । info
التفاسير:

external-link copy
85 : 12

قَالُوْا تَاللّٰهِ تَفْتَؤُا تَذْكُرُ یُوْسُفَ حَتّٰی تَكُوْنَ حَرَضًا اَوْ تَكُوْنَ مِنَ الْهٰلِكِیْنَ ۟

८५) छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागिरहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ । info
التفاسير:

external-link copy
86 : 12

قَالَ اِنَّمَاۤ اَشْكُوْا بَثِّیْ وَحُزْنِیْۤ اِلَی اللّٰهِ وَاَعْلَمُ مِنَ اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟

८६) उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन । info
التفاسير: