Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul Hadis

ज्जुमर

external-link copy
1 : 39

تَنْزِیْلُ الْكِتٰبِ مِنَ اللّٰهِ الْعَزِیْزِ الْحَكِیْمِ ۟

१) यस किताबको अवतरण अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शीको तर्फबाट हो । info
التفاسير:

external-link copy
2 : 39

اِنَّاۤ اَنْزَلْنَاۤ اِلَیْكَ الْكِتٰبَ بِالْحَقِّ فَاعْبُدِ اللّٰهَ مُخْلِصًا لَّهُ الدِّیْنَ ۟ؕ

२) हामीले यो किताब तिमीतिर सत्यताको साथ अवतरित गरेका हौं, तसर्थ तिमी अल्लाहको उपासना गर, धर्मलाई खास उसैको निम्ति विशेष गरेर । info
التفاسير:

external-link copy
3 : 39

اَلَا لِلّٰهِ الدِّیْنُ الْخَالِصُ ؕ— وَالَّذِیْنَ اتَّخَذُوْا مِنْ دُوْنِهٖۤ اَوْلِیَآءَ ۘ— مَا نَعْبُدُهُمْ اِلَّا لِیُقَرِّبُوْنَاۤ اِلَی اللّٰهِ زُلْفٰی ؕ— اِنَّ اللّٰهَ یَحْكُمُ بَیْنَهُمْ فِیْ مَا هُمْ فِیْهِ یَخْتَلِفُوْنَ ؕ۬— اِنَّ اللّٰهَ لَا یَهْدِیْ مَنْ هُوَ كٰذِبٌ كَفَّارٌ ۟

३) खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ । info
التفاسير:

external-link copy
4 : 39

لَوْ اَرَادَ اللّٰهُ اَنْ یَّتَّخِذَ وَلَدًا لَّاصْطَفٰی مِمَّا یَخْلُقُ مَا یَشَآءُ ۙ— سُبْحٰنَهٗ ؕ— هُوَ اللّٰهُ الْوَاحِدُ الْقَهَّارُ ۟

४) यदि अल्लाहले आफ्नो सन्तान चाहेको भए, उसले आफ्नो सृष्टिहरूमध्येबाट, जसलाई चाहन्थ्यो, रोजिहाल्थ्यो । तर ऊ त उच्च छ ! उही अल्लाह एक्लै र सबैमाथि शक्तिमान् छ । info
التفاسير:

external-link copy
5 : 39

خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ۚ— یُكَوِّرُ الَّیْلَ عَلَی النَّهَارِ وَیُكَوِّرُ النَّهَارَ عَلَی الَّیْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ ؕ— كُلٌّ یَّجْرِیْ لِاَجَلٍ مُّسَمًّی ؕ— اَلَا هُوَ الْعَزِیْزُ الْغَفَّارُ ۟

५) उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ । info
التفاسير: