Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul Hadis

Lambar shafi:close

external-link copy
98 : 11

یَقْدُمُ قَوْمَهٗ یَوْمَ الْقِیٰمَةِ فَاَوْرَدَهُمُ النَّارَ ؕ— وَبِئْسَ الْوِرْدُ الْمَوْرُوْدُ ۟

९८) उसले कियामतको दिन आफ्नो कौमको अघि–अघि हिंडेर तिनीहरूलाई नर्कमा लग्नेछ, र जुन ठाउँमा तिनीहरू लगिनेछन् त्यो अत्यन्तै नराम्रो छ । info
التفاسير:

external-link copy
99 : 11

وَاُتْبِعُوْا فِیْ هٰذِهٖ لَعْنَةً وَّیَوْمَ الْقِیٰمَةِ ؕ— بِئْسَ الرِّفْدُ الْمَرْفُوْدُ ۟

९९) यिनीहरूलाई त यस संसारमा पनि तिरस्कार छ, र कियामतको दिन पनि । उनलाई नराम्रो पुरस्कार प्राप्त हुनेछ । info
التفاسير:

external-link copy
100 : 11

ذٰلِكَ مِنْ اَنْۢبَآءِ الْقُرٰی نَقُصُّهٗ عَلَیْكَ مِنْهَا قَآىِٕمٌ وَّحَصِیْدٌ ۟

१००) यी (पुराना) बस्तीहरूका संक्षिप्त वर्णनहरू हुन्, जुन हामीले तिमीसित वर्णन गर्दछौं यीमध्ये केही बाँकी छन् र केही तहस–नहस भइहाले । info
التفاسير:

external-link copy
101 : 11

وَمَا ظَلَمْنٰهُمْ وَلٰكِنْ ظَلَمُوْۤا اَنْفُسَهُمْ فَمَاۤ اَغْنَتْ عَنْهُمْ اٰلِهَتُهُمُ الَّتِیْ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ مِنْ شَیْءٍ لَّمَّا جَآءَ اَمْرُ رَبِّكَ ؕ— وَمَا زَادُوْهُمْ غَیْرَ تَتْبِیْبٍ ۟

१०१) र हामीले तिनीहरूमाथि कुनै अत्याचार गरेका होइनौं बरु तिनीहरूले आफै आफूमाथि अत्याचार गरेका हुन्, जब तिम्रो पालनकर्ताको आदेश आइपुग्यो त जुन देवताहरूलाई तिनीहरूले अल्लाह बाहेक पुकार्दथे तिनीहरू उनीहरूको कुनै पनि काम आएनन् । अपितु उनीहरूको नोक्सानी नै बढाइदिए । info
التفاسير:

external-link copy
102 : 11

وَكَذٰلِكَ اَخْذُ رَبِّكَ اِذَاۤ اَخَذَ الْقُرٰی وَهِیَ ظَالِمَةٌ ؕ— اِنَّ اَخْذَهٗۤ اَلِیْمٌ شَدِیْدٌ ۟

१०२) तिम्रो पालनकर्ताले जब उल्लंघन गर्ने बस्तीहरूलाई समात्छ त उसको पकड यसै प्रकारको हुन्छ । निःसन्देह उसको पकड कष्टदायक (र) कठोर छ । info
التفاسير:

external-link copy
103 : 11

اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّمَنْ خَافَ عَذَابَ الْاٰخِرَةِ ؕ— ذٰلِكَ یَوْمٌ مَّجْمُوْعٌ ۙ— لَّهُ النَّاسُ وَذٰلِكَ یَوْمٌ مَّشْهُوْدٌ ۟

१०३) निःसन्देह यसमा ती व्यक्तिहरूको निम्ति, जो कि आखिरतको दिन सजायसित डराउँछन् एउटा पाठ छ । यो त्यो दिन हुनेछ जसमा सबै मानिसहरू एकत्रित गरिनेछन् र यहि त्यो दिन हुनेछ जसमा सबै (हिसाब–किताबको लागि) उपस्थित गरिनेछन् । info
التفاسير:

external-link copy
104 : 11

وَمَا نُؤَخِّرُهٗۤ اِلَّا لِاَجَلٍ مَّعْدُوْدٍ ۟ؕ

१०४) र हामीले त्यसलाई ल्याउनुमा निर्धारित समयसम्म विलम्ब गरिराखेका छौ । info
التفاسير:

external-link copy
105 : 11

یَوْمَ یَاْتِ لَا تَكَلَّمُ نَفْسٌ اِلَّا بِاِذْنِهٖ ۚ— فَمِنْهُمْ شَقِیٌّ وَّسَعِیْدٌ ۟

१०५) जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान । info
التفاسير:

external-link copy
106 : 11

فَاَمَّا الَّذِیْنَ شَقُوْا فَفِی النَّارِ لَهُمْ فِیْهَا زَفِیْرٌ وَّشَهِیْقٌ ۟ۙ

१०६) त जो अभागी हुनेछन् तिनीहरू नर्कमा हालिनेछन् त्यसमा उनीहरू विलाप गर्नेछन् र कराउँछन् । info
التفاسير:

external-link copy
107 : 11

خٰلِدِیْنَ فِیْهَا مَا دَامَتِ السَّمٰوٰتُ وَالْاَرْضُ اِلَّا مَا شَآءَ رَبُّكَ ؕ— اِنَّ رَبَّكَ فَعَّالٌ لِّمَا یُرِیْدُ ۟

१०७) (र) जबसम्म आकाश र पृथ्वी छन् तिनीहरू सधैं त्यसमा रहनेछन् तर जति तिम्रो पालनकर्ताले चाहन्छ त्यति बाहेक । निःसन्देह तिम्रो पालनकर्ताले जे चाहन्छ त्यो गरिहाल्छ । info
التفاسير:

external-link copy
108 : 11

وَاَمَّا الَّذِیْنَ سُعِدُوْا فَفِی الْجَنَّةِ خٰلِدِیْنَ فِیْهَا مَا دَامَتِ السَّمٰوٰتُ وَالْاَرْضُ اِلَّا مَا شَآءَ رَبُّكَ ؕ— عَطَآءً غَیْرَ مَجْذُوْذٍ ۟

१०८) र जो वरदानप्राप्त (भाग्यवान) हुनेछन्, तिनीहरू स्वर्गमा हुनेछन् जबसम्म आकाश र पृथ्वी छन् सधैं यसैमा रहनेछन्, तर जति तिम्रो पालनकर्ताको इच्छा हुन्छ । यो पुरस्कार हो जुनकि कहिल्यै समाप्त हुनेछैन । info
التفاسير: